प्रकाश पौडेल
हरेक वर्ष नयाँ सोच र जागरणका साथ कल्पनाका साथ नयाँ वर्षलाई स्वागत गरिन्छ । समृद्ध शान्त र सुन्दर देशको कल्पनाका साथ एक अर्कामा उत्तरोत्तर प्रगती, सुख र सु–स्वास्थ्यको कामना गर्दै शुभकामना आदानप्रदान गर्ने परम्परा छ । तर, व्यक्त गरिएको शुभकामनाले कहिल्यै सार्थकता भने पाउन सकिरहेको देखिदैन ।
समय वित्दै गए, देशमा राजनीतिक परिवर्तन आयो तर देश र जनताका लागि कुनै पनि परिवर्तन आउन सकेन । परिवर्तनका लािग धेरै सहर्ष भयो । धेरैको रगत बगे धेरै नारीहरुको सिदुर पुछियो । आफ्नै आँखा अगाडि छोरालाई जिउँदै जलाइयो । दुःखको त्इो घडीमा आशु क्याउन्टको दवकल्प रहेन । प्रजातन्त्रका लािग धेरै आन्दोलन भए तर वास्तविक परिवर्तन हुन सकेन । २००७, २०१७, २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भमए । तर राजनीीतक परितर्तनका नाममा जनता माथि शोषण पीडा संकट, हत्या र दमन झ चर्किदै गयो ।
मित्रराष्ट्रको सहयोग, दाता राष्ट्रहरुबाट प्राप्त ऋण सहयोग र जनताको कारलाई आफ्नो निजी सम्पत्ति बनाउन कुनै लाज नमान्ने नेताहरुको नेतृत्वमा जबसम्म राज्य सञ्चालन हुन्छ तबसम्म नववर्षको स्वागतमा दिइने शुभकामनाको कुनै अर्थ छैन ।
राज्य सत्ता जुन पार्टीको हातमा हुन्छ उसले आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थले आज देश निकै पिछाडी परेको हो । जनतालाई होइन राज्यका अगुवा, व्यष्ट्रचारी, अपराधीलाई मात्र आयो परिवर्तन । जनतालार्य बली बनाएर २००७ सालमा प्रजातन्त्र ल्याइयो । तर, त्यो प्रजातन्त्र जनताका लािग आएन । पुन आन्दोलन चर्काइने, माओवादीले जनयुद्ध गर्यो । २०६२÷०६३ मा पुन नेपाली जनताले सडक तताए । देश र जनताका लािग धेरै नेपाली युवाले विरगति प्राप्त गरे । आन्द्योलन सफल भएर छाड्यो । निरंकुश राजतन्त्र ढल्यो । तर खै त परिवर्तन ? आज त्यो बलिदान पनि त्यता गएको भाव भइरहेको छ । २०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त् लोकतान्त्रिक गणतन्त्रका लागि पुन भयो आन्दोलmन सुरु गर्ने अवस्थाको सिर्जना भइसकेको छ । यो सबै राजनीतिक दलको सत्ता मोह र स्वार्थ पद्धतिले गर्दा भएको हो । अतः नेपाली जनताले कुन राजनीतिक व्यवस्थापन वा शासन पद्धतिमा आफ्नो कल्याण हुन्छ भन्ने निक्यौल गर्न सकिरहेका छैनन् । यहाँ धेरै नेताहरु जन्मे तर, आफूलाई राएर प्रेममा समेट्न सकेनन् । देश जनताको चहना भन्दा आफ्नो खुशीका लागि राजनीति गर्न प्रविधिले गर्दा जनताले वास्तविक परिवर्तन र लोकतन्त्रको अनुभूति गर्न नसकेका हन् । एक एक र्षको अन्तरालमा स्वतन्त्र भएका चीन र भारतको प्रगतिबाट पनि नेपालका राजनीीतक दल तथा नेताहरुल्े पाठ सिक्नु पर्ने हो तर यसबाट कुनै प्रभाव पर्न सकेको छैन । देश विकासका लािग इच्छा शक्ति प्रदर्शन गर्न सकेनन् । सामान्य सिद्धान्त समेत अगाल्न असमर्थ नेताहरुको एउटै दलाली चरित्र प्रदर्शन भइरह्यो । जसका कारण नेपाल वान औपनिवेशिक मुलुकको रुपमा अझ पछि परिहेको छ ।
राष्ट्रप्रेमी, राष्ट्रियता, राष्ट्रिय स्वाधीनतालाई विक्री गरी देख्ने जुन परिपाटीको विकास भएको छ । त्यो नै वास्तविक परिवर्तन ल्याउनका लागि तगारो बनेको छ । यसरी जबसम्म राजनीतिक परिवर्तनसँगै नेता तथा अगुवाहरुको व्यवहारमा परिवर्तन आउँदैन तबसम्म नयाँ वर्षको आगमनमा गरिने शुभकामना आदानप्रदानले पनि कुनै सार्थक्ता पाउँदैन ।
नयाँ वर्षको आगमनसँगै देशमा मनाइने उत्सव यहाँ कुनै महत्व छैन । जब शुभकामनाको कुनै सार्थकता छैन भने किन नयाँ सोच र जागरणसँग नयाँ वर्षलाई स्वागत गर्ने । जति नयाँ वर्ष आए जतिका नयाँ लहरहरु पलाउँै गए जनतामा आशा छपिए आखिरभममा हात्ती आयो हामत्ती आयो फुस्स त हो नि । मित्रराष्ट्रको सहयोग, दाता राष्ट्रहरुबाट प्राप्त ऋण सहयोग र जनताको कारलाई आफ्नो निजी सम्पत्ति बनाउन कुनै लाज नमान्ने नेताहरुको नेतृत्वमा जबसम्म राज्य सञ्चालन हुन्छ तबसम्म नववर्षको स्वागतमा दिइने शुभकामनाको कुनै उअर्थ छैन । निरंकुश राजतन्त्रको अन्त्यसँगै आएको लोकतन्त्र पछि धेरै नयाँ वर्ष मनाइसकिएको छ । तर, चाहेको परिवर्तन आउन सकेको छैन । चाहेको संविधान बन्न सकिरहेको छैन । देश झन भन्दा झन् अराजक बन्द्यैछ । अपहरण, वम विष्फोट, हत्या हिंसा । सल्लाहकार फिैती चन्दा संककलन घर जग्गा कब्जा, हत्या हिंसा र बलात्कारको घटना दिन प्रतिदिन बढिरहेका छन् । विश्व कै जलस्रोतको घटना दिन प्रतिदिन बढिरहेका छन् । विश्वकै जलस्रोतको दोस्रो धनी देश मानै चर्काै लोडसेडिङ भइरहेको छ । दिनमा २० घण्टा भन्दा बढी विद्युत कटौती हुँदा दशेको र्अतन्त्रनै डामाडोलको स्थिति छ । मजदुरको आन्दोलनताका अघी लोडसेडिङको मार खेप्न नसकी उद्योगधन्दा बन्द छन् । महंगी आकाशिएको छ । पोटोलियम पदार्थको हाहाकार छ । शुद्ध पानी खान नपाएका जनता छटपटाइरहेका छन् । शान्ति सुरक्षामा राज्य आफै अपांग छ । सत्तामा भत्ता पचाउने मन्त्रीहरु नै सुरक्षित छैनन् । राष्ट्रि राजनीतिक पार्टीका भ्रातृ संगठन मात्र होइन जातीय र क्षेत्रीयताका नाम खुलेका च्याउसरी पार्टीहरुका कार्यकर्ताहरु स्वयम् हिंसात्मक एवम् सांघातिक आक्रमणमा मैदान ताउँछन् । यस्तो अवस्थामा भित्रिने नयाँ वर्ष र आदानप्रदान गरिने शुभकामनाको कुनै अर्थ रहँदैन ।
यसरी पुरानो नेपालको अवस्था संकटमा छ । नयाँ नेपाल निर्माण गर्ने जनताको सपना अन्त्य सपनामै सीमित रहने भयो भने जनताको त्याग र बलिदान त्यसै खेर जाने अवस्थाको सिर्जना भइसकेको छ । संीवधान बनाउनका लािग थप १ वर्षके अवधि पनि अब केही दिन मात्र बाँकी रहँदा जनताले के आशा गर्ने । फेरि जनता सडकमै उत्रिनु पर्नै हो । आफू माथि पुग्न मात्र जनतालाई भर्याङ्ग बनाउन खाजेका हुन् नेताहरुले । उनीहरुलाई न त देशको माया छ’ न त जनवादी संविधानको निर्माणमा ध्यान । जेठ १४ पछि मुलकु गम्भीर दुर्घटनामा फस्ने सम्भाना बढी छ भने अर्काेतिर नेपालालाई अफगानिस्तान हुनबाट बचाउन ठूलै क्रान्ति गर्नुपर्नै अवस्था पुन देखिन थालेको छ । अतः यो क्रान्ति राजनीतिक दलको नेतृत्वमा होइन आम जनताको नेतृत्वमा हुनुपर्छ । अनिमात्र देशमा परिवर्तन आउँछ ।
लेखक झापाका युवा पत्रकार हुन् ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...