अंह म नेता हुन्न


चिया दोकानमा दिनभर बस्ने
गफाडीको बिषय बन्न,
च्याउ जस्तै उम्रिएका एफएम रेडियोमा
घन्टौ पिच्छे आउने समाचारको प्रमुख प्रशंग बन्न,
देश र जनताको लागि केहि गर्न नसक्ने
एउटा नाचार र घृणाको पात्र बन्न,
पन्ध्र घण्टाको लोडसेडिंग पछी खुलेको
टेलिभिजनको समाचारमा,
भोकाएका हरिया झिंगा जस्तै
तछाडमछाड गरिरहेका पत्रकारको माझमा,
देखिने
एउटा गन्हाएको सिनो बन्न,
अंह म नेता हुन्न / 
सरकारी गाडी चढेर
सांसद्को पोसाक पहिरेर,
गलामा फुलको माला लगाएर
हजारौ सहभागी भएको सभाको मन्चमा,
एउटा साधारण व्यक्तिको झापड खान 
अंह म नेता हुन्न //
आँखामा कालो चस्मा 
टाउकामा ढाका टोपी ढलकाउदै
सिधा साधा जनतालाइ खोक्रो आश्वासन देखाउदै,
कम्मर कसेर
सिंहदरबार पसेर,
टेबल ठटाउदै
एक तिरस्कृत  भ्रस्टचारी मन्त्रि बन्न
अंह म नेता हुन्न ///
                                                                                                योगेश अधिकारी 
                     धरमपुर-४, झापा 
                     हाल- जी. फोर.एस. कतार   

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...