शक्तिखोरको भिडियोले मलाई मृत्युदण्डबाट बचायोः कटवाल

नेपाली सेनाका अवकास प्राप्त सेनापति रुक्मांगद कटवालले शक्तिखोरको भिडियोले आफुलाई बचाएको बताउनुभएको छ । शक्तिखोरको त्यो भिडियो मिडियामा आएकाले आफु मृत्युदण्डको सजायांबाट मुक्त भएको बताउनुभयो । त्यस अवस्थामा प्रचण्डको भिडियो प्रसारण नभएको भए सायद मलाई मृत्युदण्ड हुन्थ्यो होला, कटवालले भन्नुभयो ममाथी ठुलो षडयन्त्र भइसकेको थियो । माओवादी आतंकको भयले मिडियाले भिडियो प्रसारणमा ढिलाई गरेकोले नेपाल आर्मीको सुरक्षा घेरामा सो प्रसारण गरीएको जानकारी दिनुभयो । उहांले त्यस भिडियोमार्फ माओवादीको ढाडमा टेकेर टाउकामा हान्ने नीति जनतामाझ पुगेको बताउनुभयो । भिडियाले नै बोलेको छ, माओवादीमा जनताप्रति विश्वास छैन । जनताको विश्वास जित्न हतियार होइन जनमत आवश्यक रहेको स्पष्ट पार्दै कटवालले माओवादी हतियारबाट टाढा रहन नसक्ने ठोकुवा गर्नुभयो । माओवादी जनताप्रति इमान्दार नभएको बताउंदै उहांले शिविरभित्रका हत्याराहरु सुरक्षित रहेकोमा आर्श्चर्य व्यक्त गर्नुभयो । रामहरी श्रेष्ठ तथा प्रचण्ड थैब लगायतका हत्याराहरु शिविरभित्र खुलेआम रहेको बताउंदै उहांले माओवादीहरु जनहत्यारा भएको बताउनुभयो । जनहत्यारा नभएको भए हत्याराहरुलाई कार्वाही हुनुपर्ने होइन - उहांको प्रश्न थियो ।
नेपाली समाज युकेले ल्पमस्टेड स्थित डांफे रोधिघरमा गरेको कार्यक्रममा बोल्दै कटवालले संघियता नेपालका लागि घातक हुने बताउनुभयो । संघियता शब्द नेताले बोल्ने शब्दावली मात्र भएको बताउंदै उहांले संघियता लागु नहुने विश्वास व्यक्त गर्नुभयो । संघियता नेताहरुले नै नचाहेको उहांको भनाई थियो । नेताहरुले चाहेजस्तो संघियता हुने हो भने देश टुक्रने दावी गर्नुभयो ।

नेपालस्थित शान्ति मिशन अनमिन राजनीतिक प्रतिशोधमा आएको उहांको भनाई थियो। नेपालको अनमिन पुर्वाग्रही ढंगमा आएको र यसले माओवादीको सर्पोट गरेको जीकिर गर्नुभयो । नेपाली सेनासंग युयानमा काम गरेको लामो अनुभव रहेको बताउंदै उहांले अनमिनको भुमिकाका बारेमा आफुहरुलाई राम्रो जानकारी भएको बताउनुभयो । राज्यको भत्ता खाने लडाकुको शिविरमा राज्यको उपस्थिति हुन नसक्नु दुखदायी भएको जनाउंदै उहांले त्यसबारेमा पार्टीले सोच्नुपर्नेमा जोड दिनुभयो ।

पृथ्वी जयन्ती मनाउन बेलायत आउनुभएका कटवालले देश, काल र परिस्थिति अनुसार नेपालका लागि राजसंस्था आवश्यक रहेको बताउनुभयो । राजसंस्था समयको माग भएकोले त्यतिबेलापनि नेताहरुले सेरेमोनीयल र बेबी किङ्गको प्रस्ताव ल्याएको बताउनुभयो । राजसंस्था अपरिहार्य नै छ भन्ने होइन भन्दै उहांले हरेक राज्यका आवश्यकता जस्तै नेपालको आवश्यकता राजसंस्था भएको बताउनुभयो । 

पुर्व सेनापति कटवालले सेनामा हतियार र त्यसम्बन्धि ज्ञान हुनुपर्ने बताउनुभयो । उहांले माओवादीले जवर्जस्ती लडाकुहरुको भर्ना गरेर पांच हजार सेनालाई ३४ हजार बनाएको आरोप लगाउनुभयो । राजनीतिक दस्ता सेना हुन नसक्ने ठोकुवा गर्दै कटवालले भर्नासम्बन्धि मापदण्ड पुरा गरेकाहरुलेमात्र नेपाली सेना हुन पाउने बताउनुभयो । नेपाली सेनाको छवी जनतामाझ धमिल्याउन केहि राजनीतिक पार्टी लागि परेको उहांको भनाई थियो । अविभाजित, अखण्ड र र्सार्वभौम नेपालको रक्षा गर्न नेपाली सेना जुनसुकै बेला तयार रहेको जनाउंदै उहांले सेना दबावमा नपर्ने विश्वास दिनुभयो । 

आफु कुनै पार्टरी विशेषको र्समर्थनमा नरहेको स्पष्ट पार्दै कटवालले नेताले जस्तो झुटको खेती गर्न नजान्ने बताउनुभयो । नेतालाई र्झै भाषणमा तापनी, तरपनि, तथापी, यद्यपी, भन्न आउंदैन, त्यसैले फटाहा नेताको गुण आफुमा नभएको बताउनुभयो । नेताहरुका कारण देशको अवस्था अत्यान्त नाजुक रहेको बताउंदै उहांले रेमिट्यान्सले देश बचाइ राखेको बताउनुभयो । देशमा कानुन छ तर त्यसलाई लागुगर्न सक्ने नेपाल आमाको सन्तान नभएको उहांको भनाई थियो । पधानमन्त्री फलानाले भ्रष्टाचार गर्‍यो भन्दै हिड्छन तर कार्वाहीको हिम्मत गर्दैनन् भन्दै उहांले बलियो कानुनको कठाघरामा भ्रष्टाचारीहरुलाई ल्याउन सके देशले मुहार फेर्ने दावी गर्नुभयो । स्वतन्त्र नेपाली भएर देशको बारेमा निर्णय गर्ने बेला आएको बताउंदै उहांले देशभक्त नेपालीहरुको अभाव रहेको बताउनुभयो । जात, धर्म र भाषाको आधारमा देशमा विद्रोह मच्चाउने तत्वहरु सक्रिय रहेको जिकिर गर्दै उहांले त्यसलाई परास्त गर्न देशभक्तहरु एक हुने बेला आएको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि द्धय समाजसेवी मोहन गु्रुङ तथा रिटायर्ड मेजर मन बहादुर श्रेष्ठ गु्रुङले कटवाललाई मायांको चिनो उपहार प्रदान गर्नुभयो । सो अवसरमा नेपलिज मक्युनीटिका सुरज मास्केले उपस्थितहरुलाई संस्थाका बारेमा जानकारी दिनुभएको थियो ।
Source:- Dainikee

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...