३२ घण्टा लगातार हात मिलाएर विश्व रेकर्ड कायम गर्न प्रतिस्पर्धा गरेका नेपाली समूह र न्यू जिल्यान्ड समूहले आइतबार ५:१५ बजे एकै चोटि प्रतिस्पर्धालाई अन्त्य गरेर दुई समूह नै विश्व रेकर्ड हाँसिल गर्न सफल
भएकाछन्।
यस अघि गिनिज बुक अफ ओर्ल्ड रेकर्ड (Guinness Book Of World Record) मा ३ पटक विश्व किर्तिमान कायम गरिसकेका नेपाली छोरो रोहित तिमल्सिना र उनका भाई सन्तोष तिमल्सिना विश्व शान्ती र भाईचारा कायम गर्ने सन्देश दिने हात मिलाउने (Shaking Hands) विश्व प्रतियोगितामा भाग लिन न्यू योर्क आइ पुगेकाछन्।
Rohit Timalsina, 3-time-world-record holder of Nepal with his 1-time-world-record holder brother Santosh Timalsina at Times Square, Manhattan, New York, USA on January 15, 2010. Photos: eEyeCam.com
उक्त अन्तिम प्रतियोगितामा काठमाडौं धर्मस्थली निवासी रोहित तिमल्सिना र उनका साख्खै भाई सन्तोष तिमल्सिना र न्यू जिल्यान्डका अलस्टेयर गाल्पिन र डन पुर्डोनबिच कडा प्रतिस्पर्धा भएको थियो।
New Zealander Alastair Galpin and Don Purdon. Photos: eEyeCam.com
जनवरी १४ तारिख बेलुकी ८:१५ मा शुरु भएको उक्त प्रतियोगितामा भाग लिएका ४ समूहमध्ये बाँकी रहेका यि दुई समूहबिच प्रतिकूल मौसमको बाबजूद कडा प्रतिस्पर्धा भएको थियो तर दुई समूहले एकै चोटि प्रस्तिपर्धा टुङ्याउँदा कसैलाई पनि घाटा नपर्ने भएकोले यस्तो सामुहिक निर्णय लिन पुगेको नेपाली टिमका संयोजक चन्द्रप्रकाश शर्माले अनलाइनलाई जानकारी गराए।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...