काठमाडौं, माघ ३ - गायक कुमार कान्छाको सोमबार मुम्बईस्थित एक अस्पतालमा उपचारकोक्रममा निधन भएको छ ।
झण्डै सात महिनादेखि मुम्बईको माहिमपश्चिम एसएल रहेजा अस्पतालमा उपचार गराइरहेका गायक कान्छाको ५८ वर्षको उमेरमा सोमबार दिउँसो सवा ३ बजे निधन भएको हो । कान्छामा स्पाइनल कर्डमा ट्युमर देखिएको थियो । ट्युमरको अप्रेसनपश्चात उनको शरीरको माथिल्लो भाग चले पनि तल्लो भाग र दुवै खुट्टा चलेका थिएनन् ।
पिता मनबहादुर शाह जागिरको सिलसिलामा दैलेखबाट कोलकाता पुगेका बेला कुमार २०१४ मंसिर २८ मा जन्मिएका थिए । उनका श्रीमती र दुई छोरा छन् । कुमारले नेपालका एक सयभन्दा बढी चलचित्रमा गीत गाएका छन् ।
उनले 'लाहुरे' 'कोसेली' जस्ता चलचित्रमा अभिनय पनि गरेका थिए । भारतमा भने उनले २५ भन्दा बढी भाषाका एक हजारभन्दा बढी गीत गाएका छन् । 'पीया कर गावँ' नामक चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत राष्ट्रियस्तरको पुरस्कार पाएका थिए ।
कुमार कान्छाका चर्चित गीतहरु
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...