नेपाली चलचित्र, लघुचलचित्र र टेलिभिजन कार्यक्रममा धुमपानका दृश्यहरु राख्न नपाइने भएको छ । सरकारले शुक्रबार सार्वजनिक गरेको 'सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न बनेको निर्देशिका २०६७' अन्तर्गत त्यस्ता दृश्य राखेको पाइएमा निर्माता वा निर्देशकलाई कारवाही गर्ने व्यवस्था गरिएको छ ।
निर्देशिकामा उल्लेख छ -'कुनै पनि चलचित्र वा डकुमेन्ट्री वा टेलिभिजनले आफ्ना कार्यक्रममा धुमपान तथा सुर्ति सेवन गरेको दृश्य राख्न पाइने छैन ।' स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा शर्माले धुमपान तथा मद्यपान नियन्त्रणका लागि यसअघि बनेका कानुनका आधारमा रोक लगाइएका दृश्य राख्ने निर्माता वा निर्देशकलाई आर्थिक कारवाही गर्ने बताइन् ।
राष्ट्रिय मानव शिक्षा तथा सूचना केन्द्रका निर्देशक लक्ष्मीनारायण देवले निर्देशिकाले प्रष्ट रुपमा चलचित्र तथा टेलिभिजन कार्यक्रममा कुनै पनि पात्र र कथाले मागेको भन्दै धुमपान तथा सुर्ति सेवन गरेको दृश्य राख्न नपाउने व्यवस्था गरेको बताए ।
उनका अनुसार निर्देशिका जारी हुनुअघि उत्पादन भएका चलचित्र वा टेलिभिजन कार्यक्रममा त्यस्ता दृश्य भएमा हटाएर मात्र प्रसारण गर्नुपर्नेछ । यसका लागि निर्देशिकामै त्यस्ता दृश्य हटाउन चलचित्र सेन्सर बोर्डलाई आवश्यक व्यवस्था गर्नु भनिएको छ
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...