केचनाको भयो कन्तविजोग ।

गोपाल गड्तौला/ झापा 
केचना । सामान्य ज्ञानका किताबमा नेपालको सबभन्दा होचो ठाँउ के हो भन्दा झापाको केचना कबल भनेर लेखिएको हुन्छ । तर सिमाको केचना ६ मा रहेको केचनाकबलको भने कन्तबिजोग छ ।
होचो होचो धाबी खेत । सुनसान ठाँउ । अलिकती पर्तिर मेची खोलाको बगर । पारीपट्टी भर्खरै बिच्छ््रयाइएको  भारतीय रेलबेको बडीलाईन लिख र भारतिय सिमा सुरक्षा बलको अड्डा । स्तम्भ भएठाँउबाट एकैचोटी देखिन्छन् यि सब थोक । नेपालको सबभन्दा होचो ठाँउको पहिचान २०४४ सालमा उ बेलाका राजा बिरेन्द्रको भ्रमण पछि मात्र भएको बताँउछन त्यहाँका पञ्चानन्द सिंह राजबंशी ।


बिश्वको सबभन्दा अग्लो चुचुरो भएको देशको सबभन्दा होचो ठाँउ समुद्र सतहबाट ७० मिटर मात्रै अग्लो छ । पहिचान भएको यो होचो ठाँउमा भु मापन बिभागले २० बर्ष अगाडी बनाएको २० फुट अग्लो स्तम्भको चिल्लो पत्र उप्किएको छ । अनि झापाको केचना गाबिस ६ मा रहेको यो स्तम्भचाँही बस्तु बाध्ने किलो झै भएको छ ।
देशले पर्यटन बर्ष मनाइरहँदा पुर्बको सिमान्त जिल्ला झापाको सदरमुकाम चन्द्र गढीबाट २५ किलोमिटर दक्षिणमा रहेको देशकै होचो ठाँउमा पनि आन्तरिक पर्यटनको सम्भाब्यता हुन सक्छ । तर त्यसका लागि पुर्बाधारको कुनै रुपरेखा नै बनेको छैन ।
केचना कबल बिकास समितीका अध्यक्ष गौरीसिंह राजबंशी भन्छन् , सरकारले योजना  शुरु गरेमा हामी अघि बढन तत्पर छौं ।

टाढाका गोरो छाला भएका बिदेशी आएमात्र पर्यटन बर्षको रौनक हुन्छ भन्ने सपनाको प्रचारबाजी सरकारी मान्छेका मुखबाट प्रशस्त सुनिन्छ । तर सामान्य ज्ञानका किताबमा चिनाइएको देशक यो होचो ठाँउपनि आन्तरिक पर्यटनको गन्तब्य बन्नसक्छ भन्ने तर्फ सोचिन जरुरी छ ।   

  

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...