छमछमीमा नेपालकै सान अनुजा र मञ्जु फाइनलमा

–हिमाल खरेल
बिर्तामोड– नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको रियालटी शो छमछमीको अन्तिम चारमा झापाका दुई प्रतिस्धर्पी छानिएका छिन् । झन्डै डेढ वर्षअघि सुरु भएको प्रतियोगितामा  देशभरका छ हजार प्रतियागीलाई  पाखा लगाउँदै झापाका अनुजा अग्रवाल र मञ्जु मगरले फाइनलको यात्रा तय गरेका हुन् । ७५ वटै जिल्लाका प्रतिस्पर्धीमध्ये उनीहरु फाइनलका लागि चुनिएका छन् ।
आगामी आइतबार माघ  ९ गते हुने फाइनल अडिसनका लागि यी दुवै झापालीले अत्यधिक भोट दिएर आफूहरुलाई  उत्कृष्टमा छनोट गर्न आग्रह गरेका छन् ।  हामी दुई फाइनलसम्म पुग्नु नै पूर्वको गौरव हो, यिनीहरु भन्छन्,  हामीलाई भोट दिएर जिताउन आग्रह गर्दछौँ ।

अनुजालाई भोट गर्न CC Space 01 टाइप गरी 2480 मा म्यासज पठाउनुपर्नेछ । त्यस्तै मञ्जुलाई भोट गर्नका लागि CC Space 07 टाइप गरी 2480 मा म्यासेज पठाउनु पर्नेछ । उनीहरुलाई भोट गर्नका लागि माघ २ गते बेलुकी ०८ः५० देखि  माघ ०९ गते बेलुकी ०७ बजेसम्म भोट गर्न सकिनेछ । उनीहरु दुवैले अन्तिम पटक भोट दिएर विजयी बनाउन सम्पूर्ण  पूर्ववासीमा आग्रह गरेका छन् । हामी टपटेन देखि भोटकै कारण यहाँसम्म आइपुगेका  हौँ, उनीहरु भन्छन्,  त्यसैले  दर्शकको भोट नै हाम्रो विजय हो ।     
   

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...