बिर्तामोड र तस्करको आक्रमणमा परी सोमबार झापाको शान्तिनगरमा एकजना वन कर्मचारीसहित दुईजना घाइते भएका छन् । वन तस्करले इलामको कोल्बुङ–९ मा पर्ने जनज्योती सामुदायिक वन क्षेत्रभित्र लुकाइराखिएको अवस्थामा साखु जातको करिब १० क्युबिक फुट चिरान काठ बरामद गरेर ल्याउँदै गर्दा बाटो अवरोध गरी आक्रमण गरिएको पीडितले बताए । वन क्षेत्रमा लुकाइएको काठसहित तस्करीमा संलग्न एकजनालाई लिएर बुधबारेस्थित हाँसपोखरी रेन्जपोष्ट फर्कंदै गर्दा शान्तिनगर–६ सुनमाई आइपुगेपछि करिब ४० जनाको तस्कर समूहले आक्रमण गरेको थियो । आक्रमणबाट गजुरमुखी इलाका वन कार्यालय सुखानीका जमदार गोविन्द ढकाल र काठ ल्याउन प्रयोग गरिएको मे. १ ज १०४६ नम्बरको पिकअपका चालक सोमराज अर्याल घाइते भएका छन् ।
हात–खु्ट्टा, टाउकोलगायत् शरीरका विभिन्न भागमा काटिएको अवस्थामा स्थानीय अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । वन कर्मचारीले पक्राउ गरेका एकजना तस्कर तथा काठ पनि सो समूहले लगेको स्थानीय नारायण गड्तौलाले जनाए । चारजना वन कर्मचारीसहित पाँचजनाको समूहमध्ये घाइते गोविन्द ढकाल र अर्का वन कर्मचारी यज्ञकुमार पोखरेलसँग वन कार्यालयले उपलब्ध गराएको थ्री नट थ्री राइफलसमेत थियो । तर, नपड्किएकोले तस्करले सहजै आक्रमण गर्न सकेको पीडित ढकालले बताए ।
Image Courtesy:- Nagarik E-paper
Image Courtesy:- Nagarik E-paper
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...