दमक शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगले राहतपीडित भुटानी शरणार्थीको माग तत्काल समाधान गर्ने भएको छ ।
आफ्नो माग पुरा गराउन केही दिन अघि शिविरमा आन्दोलिन शरणार्थीहरु फाईल तस्विर पूर्वेली टाईम्स । |
विभिन्न माग राखेर पटक–पटक आन्दोलन गर्दै आएका राहतपीडित शरणार्थीका माग सम्बोधन हुन लागेको उच्चायोगले जनाएको छ । उच्चायोगका नेपाल प्रमुख स्टेफन ज्याकमेटले राहतपीडित शरणार्थीका समस्यालाई १५ दिन भित्र समाधान गर्ने बताएका हुन् । प्रमुख ज्याकमेटले मंगलबार दमकस्थित उच्चायोगको कार्यालयमा शरणार्थी शिविरका सचिवहरुसंगको भेटमा त्यस्तो बताएका हुन् । ७ शिविरका सचिवका भुटानी शरणार्थीको माग तत्काल समाधान गरिने तर्फबाट खुदुनाबारीका सचिव भानुभक्त ढुंगानाले राहत बञ्चित पीडित शरणार्थीको परिचयपत्र र राहत सम्बन्धि समस्याको समाधान गर्न ज्याकमेटलाइ अपिल गरेका थिए । अपिलमा त्यसखाले शरणार्थीकालागि मानवीय हिसाबले तत्कालैदेखि राहत उपलब्ध गराउन माग गरिएको छ । भेटका क्रममा ज्याकमेटले त्यस्ता शरणार्थीका बिषयमा छानबिन गरेरमात्र परिचयपत्र र राहत उपलब्ध गराइने जवाफ दिएको सचिव ढुंगानाले बताए । ज्याकमेटले राहत पिडीत शरणार्थीको मागका सम्बन्धमा सकरात्मण धारणाा राखेको ढुंगानाले जनाए ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...