काठमाडौं , माघ ५ - गरेको आरोप लागेका सहायक रथी किरण बज्राचार्य, मेजर किरण श्रेष्ठलगायत नौ जनामाथि नेपाली सेनाले कोर्ट मार्सल गरेको छ ।
उपरथी नरेश बस्नेतको पदावधि थप नगर्न प्रधानमन्त्री माधवकुमार नेपाल र रक्षामन्त्री विद्या भण्डारीसँग लबिङ गरेकामा उनीमाथि कोर्ट मार्सल गरिएको हो ।
लबिङ गरेको अभियोगमा यसअघि उनलाई स्पष्टीकरण मागिएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सेनाले उनीहरूविरुद्ध 'कोर्ट अफ इन्क्वायरी' गरेको थियो । त्यसबाट पनि दोषी ठहरिएपछि सैनिक अदालतमा पठाउन कोर्ट मार्सल गरिएको हो । 'कोर्ट अफ इन्क्वायरीबाट बज्राचार्यलगायत नौ जना दोषी देखिएकाले उनीहरूमाथि कोर्ट मार्सल गरिएको हो,' नेपाली सेनाका कानुन विभाग प्रमुख उपरथी बिएकुमार शर्माले भने ।
Source:- Ekanitpur
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...