दमक, पुस २९ - शरणार्थी दर्जा र राहत सुबिधाको माग गर्दै चार दिनदेखि आमरण अनसनमा बसेका भुटानी शरणार्थीहरुको स्वास्थ्य कमजोर बन्दै गएको छ । शनिश्चरे शिविरमा भएको अनसनमा १७ जनामहिला र पुरुष आमरण अनसनमा बसेका छन् । शिबिर ब्यबश्थापन समितीको कार्यलय अगाडि ४० जना अनसनमा बसेका छन् । उनीहरुको ब्लड प्रेसरसमेत चिसोको कारण हाई र लो हुनेगरेको कारण स्वास्थ्यमा खतरा बढ्दै गएको छ ।
शनिश्चरे शिबिरका शरणार्थीहरुको अनसनमा ऐक्यबद्धता जनाउन आज देखि बेलडांगीका तीनवटै शिबिरहरुमा आमरण अनसन सुरु भएको छ । नेपाल सरकार र यूएनएचसिआर यसअघिको सहमति अनुसार शरणार्थीलाई परिचय पत्र र राहात उपलब्ध गराउनु पर्नेमा उल्टै थाहा नपाए जस्तै गरेकोले आमरण अनसन गर्नुपरेको बताए । आन्दोलनकारी शरणार्थीहरुले आगामी माघमा हुन लागेको शिबिर ब्यबस्थापन समितीको चुनाव अघि राहात पीडितको समस्या समाधान गर्न,शरणार्थीलाई परिचय पत्र दिन,दर्ता नभएका शरणार्थीको दर्ता प्रक्रिया खुल्ला गर्न,मिश्रीत बिबाह भएका परिवारको समस्या समाधान गर्न र राहात रोक्का शरणार्थीलाई मतदान र उम्मेदवारीमा सहभागी हुन पाउनु पर्ने माग गरेका छन् । पांचै किसिमका शरणार्थीहरु शिबिरमा ४हजारभन्दा बढी भएको दाबी गरिएको छ ।
Photo Courtesy:-Titopiromitho
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...