सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट काँकरभिट्टाले भारतीय गाडीसहित पाँचओटा शक्तिशाली बम बरामद गरी नष्ट गरेको छ। सुराकीका आधारमा मंगलबार राति झापाको काँकरभिट्टा टयाक्सी स्टेन्ड छेउबाट डब्लूबी-७४ क्यू९०१० नम्बरको रातो मारुती भ्यानबाट सो परिमाणमा बम बरामद गरेको हो।
भारतको सिलगुडीबाट नेपाल भित्रिँदै गरेको सूचना पाएपछि सशस्त्र प्रहरीले निगरानी बढाएको थियो। सुराकीले दिएको रातो रंग र गाडी नम्बरका आधारमा चेकजाँच गर्दा गाडीको सिटमुनि लुकाई राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि सशस्त्र प्रहरीले मारुती भ्यानसहित चालकसमेत नियन्त्रणमा लिएको थियो। नियन्त्रणपछि शंकास्पद सो वस्तुलाई सुरक्षा घेरामा राखी सशस्त्र प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । नेपाली सेनाको चारआलीबाट गएको बम डिस्पोजल टोलीले बुधबार सो वस्तु डिस्पोज गरेपछि शक्तिशाली बम भएको पुष्टि भएको हो।
बम डिस्पोजपछि नेपाली सेनाले सो वस्तु इम्प्रोभाइड एक्सक्ल्युसिभ डिभास (आर्ईईडी) भएको बताउँदै सो विस्फोट भएको भए ठूलो जनधनको क्षति हुनसक्ने बताएको छ। 'मान्छेको समूहनै नष्ट गर्नसक्ने क्षमताको बम रहेछ,' सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट काँकरभिट्टाका डीएसपी गौतम योञ्जनले भने। बम कहाँ र कुन प्रयोजनका लागि लगिएको भन्नेबारे खुल्न नसकेको प्रहरीको भनाइ छ।
भारतको नक्सलबारी घर भएका चालक सुरज क्षेत्रीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ। प्रहरीले चालकलाई सोधपुछ गरी अनुसन्धान थालेको छ। मंगलबार बिहान चालकले मंगोलियन अनुहारका एकजनाले गाडी भाडामा लिई नेपाल आएको तर उनी मेचीपुलमा उत्रिएको बताएका थिए। ती व्यक्ति आफूले नचिनेको बताउँदै चालकले आफूलाई गाडीमा राखेको वस्तुबारे केही जानकारी नभएको बयान दिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवी फागोले बताए। नेपाली चाउचाउ वाइवाइको कार्टुनभित्र नेपाली पत्रिकाले बेरेको अवस्थामा सशस्त्र प्रहरीले ती बम फेला पारेको थियो
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...