झापाको दमकमा आज अपरान्ह शिक्षकहरुको तलब बापतको प्रधानाध्यापकले बैंकबाट झिकेको तीन लाख ८५ हजार रुपैयाँ रहस्यमय ढंगलले हराएको छ ।
दमक ८ स्थित श्रीकृष्ण निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण धिमालले राष्ट्रिय बाणिज्य बैंकबाट निकालेर झोलामा राखेको रकम नगरपालिका कार्यालय अगाडिको फोटोकपी सेण्टरबाट एकाएक हराएको हो ।
पैसा राखेको झोला साथीलाई रुङ्न भनि फोटोकपी गर्न नगरपालिका कार्यालय अगाडिको फोटोकपी सेण्टरमा छिरेका धिमालले आफू बाहिर निस्कँदा झोला हराएको बताउनु भयो ।
इलाका प्रहरी कार्यालय दमकले सोधपुछका लागि धिमालका साथी सोही विद्यालयका एकजना शिक्षकलाई पक्राउ गरिएको जनाएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...