प्रकाश पौडेल/मेचीनगर
पशु बधशाला र मासु जाँच ऐन २०५५ लागु गर्ने वातावरण निर्माणर्थ सहजिकरण अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिका कार्यलयको संयोजकत्व र भेटनरी जनस्वास्थ्य कार्यालय काठमाण्डौको आयोजना सो सहजिकरण कार्यक्रम सम्पन्न भएको थियो । मासुबाट लाग्ने रोग, काँचो तथा राम्रोसँग नपाकेको मासु खाँदाको असर, रातो मासुबाट जनजीवनमा उत्पन्न हुने रोग र रासायनीक प्रयोग गरी संरक्षित गरिएको मासुबाट सोडियम फ्लोराइड आर्सनिक जस्ता रसायनहरुले मानवको शरिरमा ठूलो हानी गर्ने बारेमा जानकारी कार्यक्रममा गराइएको थियो । वरिष्ठ पशु चिकित्सक बोधप्रसाद प्रसाद पराजुलीद्वारा त्यहाँ उपस्थित मासु व्यवसायी तथा उपभोक्तालाई पशु वधशाला र मासु जाँच ऐन २०५५को बारेमा जानकारी गराएका थिए ।
नेपाल विश्व व्यपार संगठनको सदस्यता बनिसकेकाले त्यही मापदण्ड अनुसार मासु व्यवसाय पनि सञ्चालन हुनुपर्ने हुन्छ । जसअनुसार सुधारिएको बधशालाको प्रयोग, वैज्ञानिक तरिकाबाट पशुपंक्षिको बध गर्ने, विक्रि वितरण गर्नुअघि मासु चेक जाँच गर्नुपर्ने लगायत रहेका छन् । हाल नेपालमा हेटौडा नगरपालिकाले मात्र सो ऐन लागू गर्न सफल भएको छ । काठमाडौं महानगरपालिकासँगै अन्य नगरक्षेत्रमा तालिम, अन्तरक्रिया, गोष्ठि लगायतका कार्यक्रम आयोजना गरी ऐन लागू गर्ने वातावरण तयार गर्ने काममा तिव्र रुपले लागि परेको चिकित्सक पराजुलीले बताए । उनले मेचीनगर नगरपालिका क्षेत्रलाई ऐन लागू गराउन मासु व्यवसायी सहकारी संस्था, मासु व्यवसायीहरुको विवरण संकलन र व्यवस्थित बधशालाको निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
अहिले नगरका ७० प्रतिशत माशु व्यवसायीहरु दर्ता भई सञ्चालन भैरहेका छन् भने काँकरभिट्टा र धुलावारी क्षेत्रमा पशु बधशाला निर्माण गर्ने तयारी भैरहेको खाद्य अधिकृत दिपेन्द्र कार्कीले जानकारी दिए । कार्यक्रममा नेपालमा अव्यवस्थित रुपमा विक्रि वितरण भैरहेको मासु व्यवसायीसमेतको फोटो प्रदशनी समेत गरिएको थियो । पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख सत्य नारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगरका मासु व्यवसायी राजनैतिक दलका प्रतिनिधी सञ्चारकर्मी र स्थानीयवासिन्दाको उल्लेख रुपमा उपस्थित थियो ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...