मेचीनगरमा गाई र गोरुको मासु छ्याप्छ्याप्ती

काँकडभिट्टा– झापाका वजारमा गाई गोरुको मासुको अवैध विक्री वितरण  हुने गरेको पाइएको छ ।  केही समय अघि सशस्त्र प्रहरीको सीमा सुरक्षा वलले ठुलो परिमाणको मासु वरामद गरेको थियो ।
सरकारले वर्डफ्लु रोगको संक्रमणका कारण पुर्वीनाकाबाट मासु र मासुजन्य वस्तुको आयातमा पुर्ण प्रतिवन्ध लगाएको छ । तर, यसको वेवास्ता गर्दै प्रत्येक हप्ता ठुलो परिमाणमा मासु भित्रिदै आएको छ । 
सीमावर्ति भारतीय वजार  नक्सलवाडीबाट हप्तामा दुई पटक ठुलो परिमाणमा मासु भित्र्याइने गरिएको पाइएको हो । नक्सलवाडीमा सातामा दुई पटक मंगलवार र शनिवार लाग्ने हाटवजारमा गाई गोरु काटेर विक्री वितरण गरिन्छ । नक्सलवाडी हाटमा मासु खरिद गर्न जाने अधिकांश नेपाली रहेको देखिन्छ । एक व्यवसायीका अनुसार  नक्सलवाडीमा सातामा दर्जन वढी गाई गोरु काटिन्छ । नेपालबाटै त्यहाँ पुर्याइएका वस्तु पुनः मासुको रुपमा नेपाल भित्र्याएने गरिन्छ ।  

झापामा प्रत्येक हप्ता २ सयदेखि ५ सम्म किलोसम्म मासु खपत हुने गरेको स्रोतले दावी गरेको छ । झापाको का“कडभिट्टा, विर्तामोड, दमकलगायतका ठुला शहरका होटलमा यसकोे मासु विक्री गरिने प्रहरीको दावी छ  । अन्य मासुको तुलनामा यो महंगो दरमा विक्री हुने गरेको छ । तर, व्यापारीहरुले सयदेखि डेढसय भारु प्रति किलोको मुल्यमा किन्ने गरेका छन् । गाई र गोरुको मासुको सुकुटी वढी लोकप्रिय मानिन्छ । केही होटलले चाउमिन र थुक्पामा यसको प्रयोग गर्ने गरेका छन् । होटलले गोरुको मासुको सुप प्रति प्लेट ५० देखि ८० रुपैयासम्ममा विक्री गर्छन् । एक व्यवसायीले ग्राहकको अत्याधिक मागका कारण गोरुको मासु विक्री गर्नु परेको बताए  । ती व्यवसायी भन्छन्,‘ग्राहककै सेवालाई ध्यान दिएर यस्तो गरेका हौ ।’ भारतबाट ल्याइएको गोरुको मासु प्याकेजिङ भएर राजधानीसम्म पुर्याइने  व्यवसायीको भनाई छ  ।  
व्यवसायीहरुले रिक्साको सिटमुनि लुकाएर मासु नेपाल भित्र्याउने गरेको पाइएको छ ।  प्रतिवन्धित मासु खुलेआम भित्रिरहेको छ । तर, यसको नियन्त्रणमा प्रहरी र क्वारेन्टाइन कर्मचारीले उदासिनता देखाएको पाइएको छ । 
क्षेत्रीय पशु क्वारेन्टाइन कार्यालय का“कडभिट्टाका पशु चिकित्सक डा. सत्यनारायण साहले मासुको अवैध कारोवार गरेको पाइएमा ५ हजारसम्म जरिवाना र सामान जफत हुन सक्ने जानकारी दिए । 
स्रोत : झापाको भद्रपुरबाट प्रकाशित हुने झापा पोष्ट दैनिक   
 


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...