शरणार्थी शिविरमा चुनाव हुने


 झापा र मोरङका सातवटै भुटानी शरणार्थी शिविरमा व्यवस्थापन समितिको चुनाव हुने भएको छ । यही माघ ६ र ७ गते हुने चुनावले यहाँका शिविरमा चहलपहल बढदो छ । 
शरणार्थीहरु तेस्रो मुलुक प्रस्थान हुने क्रम बढेपछि नयाँ नीति अवलम्बन गरिएकाले पनि यसपालिको चुनावमा शरणार्थीहरुबीच आपसी चर्चा बढेको मोरङको शनिश्चरे–१ स्थित शरणार्थी शिविरका वर्तमान शिविर सचिव चम्पासिंह राईले बताए । उनका  अनुसार झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी १, २ र ३ का लागि एकजनामात्र शिविर सचिवको निर्वाचन हुनेछ ।
उपसचिव पदका लागि बेलडाँगीमा १, २ र ३ का लागि एकजना मात्र रहने व्यवस्था गरिएको छ ।
यसैगरी चुनावपछि बेलडाँगीका तीनवटै शिविरका कार्यदल संयोजक पनि एक–एकजना मात्र रहने नयाँ व्यवस्था गरिएको छ ।
यसअघि बेलडाँगीका तीनवटै शिविरमा सचिव, उपसचिव, जेन्डर फोकल प्वाइन्ट र सामुदायिक रेखदेख कार्यदलमा अलग–अलग एकजना निर्वाचित हुने व्यवस्था थियो ।
झापाकै टिमाई, खुदुनाबारी, गोल्धाप र मोरङको शनिश्चरे शिविरमा भने यसअघिकै सचिव, उपसचिव, जेन्डर फोकल प्वाइन्ट र  सामुदायिक रेखदेख कार्यदलमा एक–एकजना रहने सचिव राईले बताए । चुनावमा अठार वर्ष नाघेका  सबै व्यक्तिले भाग लिन पाउनेछन् ।
माघ ६ गते सेक्टर तहमा र ७ गते सेक्टरका साथै शिविर व्यवस्थापन समितिको मूल कार्य समितिका लागि चुनाव हुनेछ । यसअघि प्रत्येक वर्ष हुने चुनाव यसपालिदेखि दुई वर्षपछि हुने भएको हो । सबै शिविरमा करिब ४५ हजार मतदाता रहेका छन् ।
रासस

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...