प्रयोगात्मक परिक्षाको प्राप्ताङ्क खाली पठाइयो

सञ्जीव चापागाई
उच्च माध्यमिक शिक्षा परिषद्ले तिन दिन अघि प्रकाशन गरेको कक्षा ११ को परीक्षाफलमा झापाको धुलावारी स्थित धुलावारी क्याम्पसका विद्यार्थीले प्राप्त गरेको स्वस्थ्य तथा शारिरिक शिक्षा विषयको प्रयोगात्मक परिक्षको प्राप्ताङ्क समावेस नगरी खाली पठाएको पाइएको छ । 
शिक्षा संकाय तर्फ परिक्षा दिएका १ सय विद्यार्थीको स्वस्थ्य तथा शारिरिक शिक्षा विषयको प्रयोगात्मक तर्फ अनुपस्थित भएको परिक्षाफल आए पछि उनिहरु अन्योलमा परेका छन । शिक्षा संकायमा सो क्याम्पसवाट १ सय ७ जना विद्यार्थी सहभागि भएकोमा समाजसास्त्रका सात विद्यार्थी वाहेक अन्य विद्यार्थीको परिक्षाफलमा स्वस्थ्य विषयको प्रायेागात्मक परिक्षाको प्राप्ताङ्क नराखी परिक्षामा अनुपस्थित भन्ने बेहोरा परिक्षाफलमा प्रकासित भएको हो ।
क्याम्पसका स्वस्थ्य तथा शारिरिक शिक्षा विषयका शिक्षक भुपेन्द्र दहालले प्रयोगात्मक तर्फ प्राप्ताङ्क पठाएको भएपनी उच्च माध्यमिक शिक्षा परिषदले गरेकेा गल्तिका कारण त्यस्तो समस्या आएको क्याम्पसका प्रमुख पुष्पराज पौडेलले जानकारी दिनुभयो । उहाले सो समस्याका विषयमा क्याम्पसले परिषद समक्ष कुरा गरी सकेको र उच्च माध्यमिक शिक्षा परिषदले लव्धाङ्क पत्र सच्याएर पठाउने वताएको जानकारी दिनुभयो ।
झापाकै गौरादहस्थित जनता उच्च माविमा पनि त्यस्तै समस्या देखिए पछि परीक्षाफल सच्याएर पठाउन परिषद समक्ष आग्रह गरेको बताइएको छ ।
सो उच्च माविका ११८ जना विद्यार्थीले नियमित उपस्थित भएर परीक्षा दिए पनि एक जना बाहेक अन्यको नेपाली विषयमा अनुपस्थित भएको परीक्षाफल आएको हो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...