नेपाली श्रमिकहरुलाई रोजगारीमा लगेको मेनपावरका आधिकारी वेवसाईटको तस्विर । |
१ जनवरी २०११ म मलेसिया आईपुगेका १२ जना नेपाली श्रमिकहरु मध्ये तीन जना श्रमिकहरु तीलक बराइली, तुलबहादुर विश्वकर्मा र डेगेन्द्र चौधरीले भने मलेसिया आएदेखि नै काम र खर्च नपाएपछि दयनीय अवस्थामा दिन कटाइरहेका छन् । “६५० वटा ईटा बोकेर ८०० मिटर परसम्म लगेर मिलाएर राखेको जम्मा मलेसियन १ रिङ्गेट ४० सेन पाइन्छ” उदयपुर तपेस्वरी १ का लोक बहादुर थापाले भने “प्राणको बाजी राखेर १२ घण्टा काम गर्दा बल्लतल्ल १६ रिङ्गेट हुन्छ ।”
त्यसैगरी झापा मेचीनगर ६ का ऋतुवर्ण कार्की भन्छन् “दिनभरीको कमाईले मलेसियाको महङ्गी अनुसार खान पनि पुग्दैन ।” कार्की झापाको विर्तामोडस्थित डाईनोमिक ओभरसिर्जका सञ्चालक गायत्री शिवाकोटी मार्फत एबी इम्प्लोमोन्ट सोलुसन प्रा.ली. बाट मलेसिया आएका हुन् । कार्की अनुसार काठमाडौं स्थित एबी इम्प्लोमोन्ट सोलुसन प्रा.ली.ले सम्झौता पत्र समेत पढ्न नदिई जबरजस्ती दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गराएको थियो भने त्यो सम्झौता पत्र समेत मलेसिया स्थित कम्पनीले नै खोसेर लगेको छ । मेनपावरहरुले सम्बन्धीत निकायमा देखाउन किर्ते सम्झौता पत्र र अर्को कम्पनीको गरी दुईवटा सम्झौता पत्र बनाउने गरेको पाइन्छ ।
जनही ७५ हजार देखि १ लाख १० हजार सम्म तिरेर मलेसिया आइपुगेका १२ जना श्रमिकहरुको दैनिक कमाइ हेर्दा विसौं बर्षमा पनि उनीहरुले लगानी गरेको रकम उठ्दैन । “त्यत्रो पैसा ऋण काढेर आइयो त्यो कसरी तिर्ने हो त्यो त परै जाओस् उल्टो यहाँको कम्पनीले जनही १५ सय रिङ्गेट तिर्नुपर्छ भनेर भनेको छ” झापाकै टेकबहादुर कुवरले भने “जंगलको बीचमा हामीलाई राखेको छ कतै जान पनि सकिदैन, मेनपावरका डाइरेक्टर एचबी थापालाई फोन गर्दा फोन नै काटिदिन्छन्, दूतावासमा फोन गर्दा फोन नै उठ्दैन ।”
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...