एकै दिनमा एउटै पोथीलाई दर्जनभन्दा बढि भाले

आम्मामा ! कुनै कुनै पोथी त कति कामुक ! कति बलिया ! एक दुई वटा हो र गाँठे, एकै दिनमा दर्जनभन्दा बढि भाले चाहिने । कसरी धान्न सकेका ? यो रेड स्क्वारल भनिने लोखर्केका पोथीहरू अचम्मकै हुने रहेछन् । दिनभरि नयाँ नयाँ भालेहरूसित लसपस गरेको गर्‍यै । किन होला  ? के कारणले त्यस्तो हुन्छ होला ?
वैज्ञानिकहरूलाई फेरी यस्तै कुरा पत्तो नलगाइ नहुने । जंगलका रुख रुख र हाँगा हाँगामा लोखर्केहरू मस्ती गर्दै दौडिने । वैज्ञानिकहरू चाहिँ त्यति धेरै भाले किन चाहिने होला भन्दै तिनका पछि पछि भोकै तिर्खै चहार्दै हिँड्ने  !
वैज्ञानिकहरूको खोजमुलक पत्रीका बायोलोजी लेटर्स का अनुसार कारणपनि क्या सामान्य रहेछ: भालेहरूले असाध्यै मन गर्ने र उपलब्धपनि भैरहने । पहिले पहिले चाहिँ के विश्वास गरिएको रहेछ भने पोथीहरू यौनका लागि तयार भएपछि अनुवंशिकी (जिन) को कारणले गर्दा धेरै भालेसित संभोग गर्छन् । जब पोथीहरूको त्यो उच्च यौनाकांक्षाको चक्र जब सकिन्छ तब त्यो अनुवंशिकी (जिन) को पनि कुनै भूमिका हुन्न । यौनाकांक्षा बढेका बेला पोथीहरूले आएको बाद छैन गर्ने रहेछन् । अर्थात् जति भाले आउँछन् तिनलाई अस्वीकार नगर्ने । भालेहरूले पनि ‘मौका पाउँदा के छोड्ने’ नीति अपनाउने रहेछन् ।
त्यसो गर्दा ठूलै समस्यातिर पुग्नुपर्ने तथ्यपनि वैज्ञानिकहरूले औँल्याएका छन् । धेरै भालेसित संसर्ग गर्दा के हुन्छ ? धेरै शक्ति खर्च हुन्छ । भालेहरूसित मस्तीमा भुल्दा शत्रुहरूले झ्याप्पै पार्न सक्छन् । त्यति धेरै भालेसित संसर्ग गर्दा विभिन्न खाले यौन रोगहरू सर्ने संभावनापनि उत्तिकै रहन्छ ।
वैज्ञानिकहरूको भनाइमा त्यसरी लामो समयसम्म यौनक्रिया गर्ने रणनीति यदि अनुवंशिकीहरुको विकासमै भूमिका रह्यो भने मात्रै लामो समयसम्म रहन सक्छ । यी लोखर्केहरूको छोटो समयमा त्यो इच्छा उच्च हुने र संभोग गरिसकेपछि अनुवंशिकीको कुनै भूमिका नुहुनाले हो । “उनीहरूलाई इच्छा लाग्ने त्यो सीमित समयमा पोथी लोखर्केहरूले सुहाउने भालेहरू भेट्टाउँदा ‘अस्वीकार’ भन्ने शक्तिको विकास नै गरेका छैनन् ।” अनुसन्धानमा संलग्न माक फार्लेनलगायत उनका सहकर्मीहरुले भने ।
उनीहरूले के पाए भने कुनै क्षेत्रमा जति धेरै भालेहरू संभोगका लागि एक अर्कामा लडाभाँती गर्छन् त्यो क्षेत्रका पोथीहरूले त्यतिनै धेरै संख्यामा भालेहरू अँगाल्ने गर्छन् । संभोगको क्रिया र अनुवंशिकीसँग कुनैपनि बलियो संबन्ध नरहेकोपनि उनीहरूले बताए । त्यसैले धेरै भालेसित संसर्ग गरेर मूल्य चुकाएपनि उनीहरूलाई फाइदा भने खासै देखिएन ।
उनीहरूले यो अनुसन्धान गर्दा ८५ वटा पोथीको निगरानी गरेका थिए । संभोगकालागि  भालेहरूको १०८ पटकको प्रयत्न नियालेका थिए । उनीहरूले पोथी लोखर्के संभोगका लागि तयार बन्नुभन्दा केही दिन अघिदेखि नै अवलोकन गरेका थिए । जब पोथीहरू भालेको चाहना गर्छन् तब उनीहरूले वासना छोडी दिएर भालेहरूलाई संकेत गर्छन् । भालेको चाहना सबैभन्दा उच्च भएका दिन उनीहरू दगुरेको दगुर्‍यै गर्छन् । पछि पछि लागेर जति भाले आउँछन् सबैलाई स्विकार गर्छन् । त्यसो गर्दा दिनमै उनीहरू १४ वटा सम्म भालेसित यौनाकांक्षा पुरा गर्छन् ।

Source:- Nepalplus

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...