चौंथो सिजनमा मदनबहादुर हरिबहादुर

लोकप्रिय टेलिश्रृङ्खला 'मदनबहादुर हरिबहादुर'को चौंथो सिजन फेब्रुअरी अन्त्यबाट सुरु हुने भएको छ । आउँदो सिजनका १२ एपिसोडलाई अन्तिमरुप दिन महजोडी अर्थात मदनकॄष्ण श्रेष्ठ र हरिवंश आचार्य बुढानिलकण्ठस्थित स्टुडियोमा व्यस्त छन् । श्रृङ्खला छायांकनका लागि महजोडी अघिल्लो महिना दोलखा उक्लेका थिए ।

बताइएअनुसार श्रृङख्लाको चौंथो सिजनका एपिसोडका विषयवस्तु पनि संविधान निर्माण गर्न दलहरुलाई दिइने दवावमा केन्द्रित रहनेछ । खासगरी राष्ट्रिय र सामाजिक मुद्दालाई अभिनयको एजेन्डा बनाउने महले यसअगाडिका श्रृङ्खलामा पनि संविधान सभा चुनाव र संविधान निर्माणमा स्क्रिप्ट केन्द्रित गरेका छन् । 'अबका श्रृङ्खला मुलभूत राष्ट्रिय मुद्दामा केन्द्रित रहनेछन्' चौंथो सिजनबारे हरिवंशले भने ।

पछिल्लो प्रोजेक्ट 'हाँसिदेऊ एकफेर'का स्टाररले श्रृङ्खला निर्माणको बीचमा राष्ट्रपति, प्रधानमन्त्री र दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन् । कुनैबेला 'पन्ध्र गते' जस्तो लोकप्रिय श्रृङ्खला पस्किसकेका महजोडी नेपालमा सबैभन्दा बढी रुचाइएका अभिनेताहरु हुन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने 'मदनबहादुर हरिवहादुर'को चौंथो सिजनको प्रतिक्षामा छन् महका प्रशंसकहरु ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...