भुटानी शरणार्थी एक महिलाले आज दमकस्थित आम्दा अस्पतालको गेटमा नै बच्चा जन्माएकी छिन् ।
बेलडाँगी १ सेक्टर १ की ३२ वर्षीया रेनुका कार्कीले आम्दा अस्पतालअगाडि बच्चा जन्माएकी हुन् ।
गर्भावस्थाको नियमित चेकजाँचका लागि विराटनगर पुगेर फर्कने क्रममा रिक्साबाट ओर्लने वित्तिकै अस्पतालको गेटमा नै उनी सुत्केरी भइन् ।
चिकित्सकले दिएको समयभन्दा केही हप्ताअगाडि नै आकस्मिक रुपमा उनी सुत्केरी हुन पुगेको अस्पतालका कर्मचारी प्रकाश भट्टराईले जानकारी दिए ।
आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...