पाहान जातिले आफ्नो हराउदै गएको ईतिहास र अस्तित्व खोज्ने

लक्ष्मी उप्रेती
मेचीनगर, ४ माघ
    अति अल्पसंख्यक जातिका रुपमा रहेका पाहान समुदायले ले आफ्नो मौलिक परम्परा र संस्कृतिको ईतिहास हराउदै गएको भन्दै चिन्ता व्याक्त गरेका छन् । झापाको ज्यामीरगढीमा शनिबार पाहान ईतिहास खोज आयोजक कमिटीद्धारा आयोजित कार्यक्रममा ती समुदायले यस्तो चिन्ता ब्याक्त गरेका हुन । नेपालमा बसोबास गरि रहेका धेरै आदिबासी जनजातिलाई सरकारले सुचिकृत गरी कसैलाई लोपोन्मुख त कसैलाई अति सीमान्तकृत भन्दै धेरै सेवा सुबिधा दिए पनि पाहान जातीलाई राज्यले नहेरेको उनीहरुको गुनासो थियो । आफ्नो संस्कृति, भेषभुषा मौलिक परम्परालाई जोगाउनका लागि अबका पीढि एक भएर लाग्ने पाहान युवाहरुको भनाई छ । 
 ज्यामीरगढीको कालिका प्राथामिक बिद्यालय परिसरमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथी नेपाल सादरी अधिकार मन्च नेपालका केन्द्रिय अध्यक्ष बन्धनकुमार मुण्डाले हाल सम्म राज्यबाट पहिचान हुन नसकेका जातजातिको संबिधान निर्माण हुनु अगावै पहिचान राज्यले दिनुपर्ने बताए । जातिय पहिचान बेगर कुनै पनि जात–जातिको अधिकार सुनिश्चीत हुन नसक्ने भन्दै मुण्डाले भने– आफ्नो पहिचानका लागि आफै सक्रिय हुनुपर्छ । अब बन्ने संबिधानमा पाहान जातिको पहिचान गरी उनीहरुका हक अधिकारको सम्बोधन गर्न समेत मुण्डाले सरकार समक्ष आग्रह गरेका थिए । लोपोन्मुख जातिहरुलाई सरकारले दिदै आएको राहत पाहान समुदायको पनि पहिचान गरी सरकारी राहत तात्काल उपलब्ध गराउन जोडदार माग गरे । 
  कार्यक्रमका सहजकर्ता एवं शिक्षक अग्नि घिमीरेले उनीहरुको भाषिक व्याख्या, जातिय अबधारणा, मुल थलो तथा नेपाल प्रबेशबारे खोज पहिचान र सामाजिक अबधारणाका बारेमा स्पष्ट पारेका थिए । आशुदेश पाहानको सभापतितव र नेपाल मुडियारी उत्थान समितीका केन्द्रिय सदस्य बासुदेब पाहानले संचालन गरेको कार्यक्रममा एमाले क्षेत्र नम्बर २ का क्षेत्रिय सदस्य चेतबहादुर राउत, एमाले ज्यामीरगढी गाउँ कमिटी सदस्य नारायणकुमार श्रेष्ठ, नेपाल स्वतन्त्र चिया मजदुरका केन्द्रिय सदस्य नारायण बिक पाहान जातिका अगुवा ईन्द्र पाहान कुमुद पाहान, पुष पाहान र सुनिराम हेमरम लगायत ले आफ्नो संस्कृति मौलिक परम्परा संकटमा परे आफ्नो जातिको अस्तित्व समेत लोप हुदै जाने भन्दै आफ्नो जातिलाई युगौयुग सम्म बचाई राख्ने हो भने सबै भन्दा पहिला पाहान समुदायले आफ्नो संस्कृति भेषभुषा, मौलिक परम्परा रीतिरीवाज बचाउनुपर्नेमा जोड दिएका थिए । हाल झापा जिल्लाको ज्यामीरगढीमा मात्र यो जातीको बरोबास तथा  करिब ६० घरधुरी रहेको सो कार्यक्रममा बताईयो । यस बाहेक मोरङ्गको भौडामा केहिको बसोबास रहेको छ । 
झण्डैएकबर्ष अघिसुचिकृतनभएकातराईका आदिबासी जनजातिहरुमुण्डा,खडिया,कवर,मालापाडे,मलाहा,ग्वाला,करुवा,पाहान,रौतिया,तुरीरबिज्र्या लगायतलाई सुचिकृत गर्न माग गर्दे नेपाल सादरी अधिकार मन्चले आन्दोलन गरे पनि यो जाति बाहेक अन्यलाई सरकारले सुचिकृत गरेको बताईएको छ । उनीहरुको आर्थिक अबस्था ज्यादै न्युन रहेकाले राज्यले यो जातिको पहिचन गरी उनीहरुको हक अधिकारको ग्यारेन्टी गर्न पनि सहभागी पाहान समुदायले सरकारसंग माग गरे । पाहान समुदायका बृद्ध–बृद्धाहरुले आफ्नो परम्परागत बाजागाजाका साथ झाकी समेत प्रस्तुत गरेका थिए भने युवाहरुले बाचा बजाउदै आफ्नै संस्कार अनुसार नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रममा करिब ५ सय जनाको सहभागीता रहेको थियो भने कार्यक्रममा सहभागी पाहान समुदायहरु आफ्नै मौलिक भेषभुषा लाग्ने मानिसहर टाउका सेतो पगडी गुथेर सेतो धोती कमिजमा थिए भने आईमाई मानिसहरु आफनै संस्कार अनुसारको  साडी व्लाउजमा थिए ।





झापाको प्रतिदिन दैनिकमा प्रकाशित भएको लक्ष्मी उप्रेतीको न्यूज

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...