Person Of The Year 2010 मा Mark Zuckerberg

न्यू योर्क- न्यू योर्क शहरबाट प्रकासित हुने विश्व प्रसिद्ध साप्ताहिक पत्रिका Times ले यस बर्ष २०१० को Person Of The Year 2010 मा २६ बर्शिय फेसबुक (Facebook) संस्थापक मार्क जुकर्बर्ग (Mark Zuckerberg) लाई चुनेको छ।
Image Courtesy From Time.com 
टाइम पत्रिकाले मार्कलाई Person of the Year 2010 चुनेपछि आफ्नो मार्कबारे फिचर स्टोरीको प्रारम्भमा उल्लेख गरेको छ-

 "For connecting more than half a billion people and mapping the social relations among them; for creating a new system of exchanging information; and for changing how we all live our lives, Mark Elliot Zuckerberg is TIME's 2010 Person of the Year."



पढ्नुहोस् उक्त Time Magazine को Time.com मा प्रकासित फिचर स्टोरी:http://www.time.com

हुन पनि मार्कको फेसबुकले आफन्त, संगिसाथी र आफुले मन पराउने र आफुलाई मन पराउनेहरुसंग संपर्कमा रहन र जानकारी लिन मद्दत गरेको छ।

उता मार्कले आफु टाइम पत्रिकाद्वारा Person of the Year 2010 चुनिएपछि आफ्नो संसारलाई जोड्ने सन्जाल अभियानको साँचो सम्मान र पहिचान पाएको आफ्नो फेसबुक प्रोफाइलको अपडेटमा लेखेकाछन्-

"Being named as TIME Person of the Year is a real honor and recognition of how our little team is building something that hundreds of millions of people want to use to make the world more open and connected. I'm happy to be a part of that."

Image Courtesy From Mark Zuckerberg Facebook a/c
मार्कको फेसबुक प्रोफाइल मन पराउने २१ लाखभन्दा बेशी फेसबुक प्रयोगकर्ता छन्। हेर्नुहोस्:http://www.facebook.com/markzuckerberg
२६ बर्शिय फेसबुक (Facebook) संस्थापक मार्क टाइम पत्रिकाले सन् १९२७ देखी शुरु गरेको Person of the Year (पर्सन अफ दि यियर) मध्ये पहिलो ब्यक्ती २५ बर्शिय पहिलो ट्रान्स एट्लान्टिक कमर्सियल हवाइ चालक Charles Lindbergh बाहेक सबैभन्दा कान्छो ब्यक्ती हुन्। गत बर्ष सन् २००९ का Person of the Year थिए- अमेरिकि फेडेरल रिजर्भ बैंकका चेयर्म्यान बेन बर्नान्के।
2010 रनर-अपहरु
यो बर्षको Person of the Year 2010 रनर-अपहरुमा अमेरिकि सरकारको गोप्य सर्कुलरहरु प्रकासित गरेर सर्बाधिक चर्चा पाएका तथा अहिले सेक्स स्क्यान्डलका कारण बेलायतमा पुलिस हिरासतमा रहेका, www.wikileaks.ch का प्रकाशक, ३५ बर्शिय अस्ट्रेलियन पूर्व कम्प्युटर ह्याकर Julian Assange, अफ्गानिस्तानका राष्ट्रपती Hamid Karzai, चिलिका माइनर्स (The Chilean Miners) र अमेरिकि टि पार्टी (The Tea Party) अभियान परेका थिए।
Person of the Year हुने मौका
टाइम पत्रिकाको Person of the Year हुने मौका संसारका शक्तिशाली राष्ट्रपती, चर्चित ब्यक्तित्वहरु मात्र होइन सन् २००६ मा इन्टर्नेट चलाऊने र संपर्कमा रहने "You" भनेर सर्बसाधारण जनतालाई पनि घोषणा गरिएको पाईन्छ।

सन् १९३० मा महात्मा गान्धीदेखी सन् १९३८ मा एडोल्फ हिट्लरसम्म, सन् १९३९ मा जोसेफ स्टालिनदेखी सन् १९५२ मा बेलायती महारानी एलिजाबेथ द्वितियसम्म, सन् १९६३ मा मार्टिन लुथर किङ जुनियरदेखी सन् १९८२ मा कम्युटर (The Computer) सम्मले Person of the Year हुने मौका पाएकाछन्।



उसो त सबै अमेरिकि राष्ट्रपतीले आफ्नो ४ बर्से कार्य कालमा, बिशेष गरी चुनाव जितेको बर्ष Person of the Year हुने मौका पाउने गरेकाछन्। जस्तो कि सन् १९७६ मा जिम्मी कार्टर, सन् १९९० मा जर्ज एच डब्ल्यु बुस, सन् १९९२ र ९८ मा बिल क्लिन्टन, सन् २००० र ०४ मा जर्ज डब्ल्यु बुस र सन् २००८ मा बाराक ओबामा।



जीवन छँदै आधा सम्पत्ती चन्दा भो

अझै निजी कम्पनीकोरुपमा रहेको फेसबुकका मालिक मार्कले इन्टर्नेट सन्जालको दुनियाँमा त चमत्कार गरे नै, उनी रातारात बनेको अरबपती सम्पत्तिबाट मनग्गे अनुदान गरेकाछन्।



उनले केही महिना अघी न्यू जर्सीस्थित नेवार्क शहरको बिद्यालय ब्याबस्थापनकालागि पाँच बर्षभित्र खर्च गर्ने गरी एक सय मिलियन अमेरिकि डलर अनुदान दिने घोषणा गरेका थिए भने हालसालै माइक्रोसफ्ट चेयर्म्यान बिल गेट्स र सुप्रसिद्ध लगानिकर्ता वारेन बफेटद्वारा शुरु गरिएको अमेरिकन अर्बपती (बिलिनियर्स) हरुद्वारा आफ्नो कमाइको आधाभन्दाबेशी हिस्सा जीवन छँदै चन्दा दिने प्रतिज्ञा गर्ने अनलाइन पोर्टल The Giving Pledge (www.givingpledge.org) मा पनि मार्कले सहि गरेकाछन्।



यसरी आफ्नो कमाइको आधाभन्दा सम्पत्ती जीवन छँदै दिने बाचा गर्नेहरुमा न्यू योर्क शहरका अर्बपती मेयर माइकल ब्लुमबर्गदेखी टाइम पत्रिका, सिएन्एन टेलिभिजन र टाइम वारनर जस्ता कम्पनीका मालिक टेड टर्नर सम्म ५७ जना अर्बपती अमेरिकिहरुछन्।



Facebook र अन्य सामाजिक सन्जाल पोर्टल्स (Social networking sites) हरु



सन् २००४ को फेब्रुवरीमा शुरु गरिएको फेसबुकको हाल विश्वभर आधा अर्ब अर्थात ५ सय मिलियन प्रयोगकर्ता छन्। फेसबुक संस्थापकहरुमा मार्कका अलावा Chris Hughes, Dustin Moskovitz Eduardo Saverin हुन्।



फेसबुक जस्तै सामाजिक सन्जाल पोर्टल्स (Social networking sites) हरु अहिले सयौं निर्माण गरिएकाछन् तर एक समय फेसबुकभन्दा लोकप्रिय रहेको MySpace (www.myspace.com) अहिले फेसबुकभन्दा कयौं पछि परिसकेको छ।

वेब्साइट ट्राफिक र्‍याङ्किङ साइट www.comScore.com काअनुसार मैइ २०१० मा फेसबुकका १३० मिलियन युनिक नियमित प्रयोगकर्ता (युजर्स) हरु थिए।

अन्य लोकप्रिय सामाजिक सन्जाल पोर्टल्सहरुमा Bebo, Bigadda, Dailybooth, Flickr, Foursquare, Friendster, LinkedIn, Meetup, Ning, Orkut, Stickam, StumbleUpon, Twibbon, WAYN, Yelp आदी पर्दछन्।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...