काकरभिट्टा,पुस २ । नगरपालीकाले आफुहरुको मागका विषयमा सुनवाइ नगरेको भन्दै झापाको मेचीनगर नगरपालीका कार्यालयमा तालावन्दी गर्न गाएका सुकुम्वासीलाई प्रहरीले अवरोध गरेको छ ।
मेचीनगर–११ स्थित प्यारीभिट्टाका सुकुम्वासीले कार्यालय समय सुरु भए लगत्तै कर्मचारीलाई वाहिर निकाली नगरापालीका कार्यालयमा तालावन्दी गर्न खोजेपछी प्रहरीले हस्तक्षेप गरी रोकेको हो । सो क्रममा सुरक्षाकर्मीले आफुहरु माथी दुव्र्यवाहार समेत गरेका पालीया प्यारीभिट्टा सुकुम्वासी संघर्स समितिका संयोजक मानवहादुर कार्कीले जानकारी दिनुभयो ।
आफुहरुले आव्हानपत्र पेश गरेपनी त्यसप्रती नगरपालीकाले चासो नदेखाएको भन्दै सुकुम्वासीले आजै नगरपालीका मुलगेटमा धर्ना समेत दिएका छन । नगरपालीकाका कर्मचारीको आखाले सहि देख्न नसकेको भन्दै धर्नामा उपस्थित भएका २ सय वढी सुकुम्वासीले विरोध स्वरुप मैनवत्ती, कुपी, टर्चलाइट लगायत वालेर धर्ना दिएका थिए ।
मेचीनगर–११ स्थित प्यारीभिट्टाका सुकुम्वासीले कार्यालय समय सुरु भए लगत्तै कर्मचारीलाई वाहिर निकाली नगरापालीका कार्यालयमा तालावन्दी गर्न खोजेपछी प्रहरीले हस्तक्षेप गरी रोकेको हो । सो क्रममा सुरक्षाकर्मीले आफुहरु माथी दुव्र्यवाहार समेत गरेका पालीया प्यारीभिट्टा सुकुम्वासी संघर्स समितिका संयोजक मानवहादुर कार्कीले जानकारी दिनुभयो ।
आफुहरुले आव्हानपत्र पेश गरेपनी त्यसप्रती नगरपालीकाले चासो नदेखाएको भन्दै सुकुम्वासीले आजै नगरपालीका मुलगेटमा धर्ना समेत दिएका छन । नगरपालीकाका कर्मचारीको आखाले सहि देख्न नसकेको भन्दै धर्नामा उपस्थित भएका २ सय वढी सुकुम्वासीले विरोध स्वरुप मैनवत्ती, कुपी, टर्चलाइट लगायत वालेर धर्ना दिएका थिए ।
धर्नामा रहेका सुकम्वासीहरुलाई २०२९ साल देखि वसोवास गर्दै आएको आधारमा वसोवासको सिफारीस पत्र पाउ भन्ने व्यहोराको निवेदन नगरपालीकाले माग गरेपछी सुकुम्वासीहरुले आज सो निवेदन समेत पेश गरेका छन । कार्यकारी अधिकृत टिकादत्त राइको आग्रहमा आफुहरुले निवेदन पेश गरेपछ माग पुरा हुने आसामा अपरान्ह दुइ वजेवाट धर्नाको कार्यक्रम स्थगीत गरीएको पालीया प्यारीभिट्टा सुकम्वासी समितिका अधयक्ष सन्तवहादुर तामाङले जानकारी दिनुभयो ।
साथै समस्या समाधानका लागि गत मंसिर २७ गते वस्ने भनिएको सर्वपछीय वैठकमा राजनीतिक दलका प्रतिनिधी आफुहरुलाई जानकारी नआएको भन्दै उपस्थित नभएपछि सुकुम्वासीहरुले आज पत्र लेख्नका लागि नगरपालीकाका कार्यकारी अधिकृत टिकादत्त राई समक्ष कापि,कलम सहित यातायात खर्च स्वरुप नगद १ सय रुपैया समेत वुझाएर विरोध जनाएका छन ।
सुकुम्वासी वस्तिमा वासोवासै नभएको व्यक्तिका नाममा धनीपुर्जा वनाउन सहयोग गर्ने मेचीनगर नगरपालीकाका कार्यालयका लेखा अधिकृत राजन भेट्वाल र खाद्य अधिकृत दिपेन्द्र कार्की विरुद्ध राजनीतिक संरक्षणका कारण कार्वाहि प्रकृाय अगाडी नवढाएको आन्दोलनरत सुकम्वासीको आरोप छ ।त्यहा रहेको १८ विगाह १० कठ्ठा जमिन मध्ये २ विगाहा क्षेत्रफलमा २ सय २५ घर धुरी सुकुम्वासी वस्दै आएका छन । सुकुम्वासीले २०२७ सालदेखि वसोवास गर्दे आएको उक्त जमिन अनारमनी–३ घर भएका गोपाल सुनवार र वविता राइका नाममा धनीपुर्जाका लागि नगरापालीकाले शिफारीस गरेपछि त्यहाका सुकुम्वासी आन्दोलनमा उत्रिएका हुन ।
सुकुम्वासीहरुले किर्ते कागज गरी वसोवास र जोतभोगनै नभएका व्यक्तिलाई धनीपुर्जाका लागि सिफारीस गर्ने कर्मचारीलाई कार्वाहि गर्नुपर्ने, किर्ते धनीपुर्जा वदर हुनुपर्ने, वर्षौ देखि सो स्थानमा वसोवास गर्दे आएका सुकुम्वासीका नाममा जग्गाको स्वामित्व हुनुपर्ने लगायतका मग अघि सारेका छन ।
सुकुम्वासी आन्दोलनमा उत्रीएपछी समस्या समाधानका लागि गत मंसिर २३ गते भएको छलफलबाट एकिकृत नेकपा माओवादीका वुद्धिनाथ पौडेलको संयोजकत्वमा २६ सदस्यीय सुकुम्वसी समस्या समाधन समिती गठन गरीएको थियो तर समितिको अहिलेसम्म एकपटक पनि वैठक वस्न नसकेका कारण काम अगाडी वढाउन नसकीएको समितिका सदस्य वन्दन कुमार मुण्डाले वताउनुभयो ।
नगरपालीकाका कार्यकारी अधिकृत टिकादत्त राइले लेखा धिकृत भेट्टवाल र खाद्य अधिकृत कार्किले २०६६ साल भदौ २४ र २८ गते गर्नुभएको सिफारीस उहाहरुको अधिकार वाहिरको रहेकाले विभागिय कार्वाहि सम्म गर्ने गरी कावाहि प्रकृया अगाडी वढाएइएको वताउनुभएपनी अहिले सम्म ति कर्मचारीलाई कावाही भने नभएको आन्दोलनरत सुकुम्वासीको भनाइ छ ।
त्यहा वर्षै देखि सुकम्वासी वस्दै आएको जग्गामा कसैको वसोवास नभएको र वाटो समेत नभएको भनि गरीएको उक्त सिफारीसमा नगरपालीकाका लेखा अधिकृत राजन भेट्वाल र खाद्य अधिकृत दिपेन्द्र कार्किले नगरपालीकाका तर्फबाट हस्ताक्षर गर्नुभएको थियो भने कार्यकारी अधिकृत टिकादत्त राइले सो विवरणलाई सदर गर्नुभएको थियो । तर सो जग्गामा नगरपालीकालेनै वाटो निर्माण गरेको थियो भने त्यहा धेरै अगाडीदेखी स्थानीयको वसोवास रहदै आएको छ ।
सुकुम्वासीहरुले दोसी कर्मचारीलाई कारबाहीका लागि जिल्ला प्रशासनमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरीसकेका छन भने सुकुम्बासी सङ्घर्ष समितिको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय, झापाले छानविन गरीरहेको जनाएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...