फ्यानसँग डराउँछिन् नन्दिता

नेपाली चलचित्र उद्योगका अधिकांश कलाकारको सफलता भनेको उनीहरुलाई माया गर्ने फ्यानहरु हुन् । जसले धेरै फ्यान र शुभचिन्तक कमाउछ सोही कलाकार सफल हुने गर्दछ । तर आफूलाई माया गर्ने फ्यान कमाउनु त्यती सजिलो भने छैन । कारण दर्शकले कुनै व्यक्ति यो उद्योगमा आउने वित्तिकै उसलाई मनपराई हाल्दैनन् । दर्शकको नजरमा वस्न एउटा कलाकारलाई ठूलै संघर्ष गर्नुपर्ने हुन्छ ।

चलचित्र ईन्द्रेणी मार्फत नेपाली चलचित्रको रजतपटमा भित्रिएकी नायिका नन्दिता केसीलाई नेपाली चलचित्रका दर्शकले माया गर्छन् भन्ने त उनले वुझेकी थिईन् तर कत्ति माया गर्ने दर्शक आफुले कमाए भन्ने उनलाई कुनै त्यस्तो भेउ नै थिएन । रेडियो कान्तिपुरले वि.सं. २०६६ साल असार महिनाबाट नेपाली कलाकारको सम्मानार्थ सुरु गरेको स्टार अन दि रेडकार्पेटमा यो बर्षको मंसिर  महिनामा रहँदा नायीका नन्दिताले नसोचेको कुरा पाईन् ।


एक महिनासम्म चल्ने यो क्याम्पियनमा उनका वारेमा दर्शक तथा श्रोताले हरेक वुधवार विहान दश वजे प्रशारण हुने कार्यक्रम वाईस्कोप मार्फत धेरै जानकारी प्राप्त गरे । चलचित्रकर्मी तथा श्रोताले अत्याधीक रुचाएको यो कार्यक्रममा नन्दिताले अन्तिम वुधवार अन्र्तवार्ता दिन जाँदा मात्र वुझिन् आफ्ना फ्यान र शुभचिन्तक कत्ति रहेछन् भनेर ।चलचित्र ईन्द्रेणी देखि बाटो मुनीको फूलसम्म आईपुग्दा शोभा केसीबाट नन्दिता केसी वनेकी यि नायीकाले धेरै फ्यान कमाएको कान्तिपुर एफएमको कार्यक्रम वाईस्कोपमा देखिएको छ ।
 
कार्यक्रममा नन्दितासँग सम्बन्धित सोधीएको प्रश्नमा हजार भन्दा वढि एसएमएस प्राप्त भएको थियो । यतिमात्र होईन उनका फ्यानहरुले उनलाई टेलिफोन मार्फत पनि आफ्नो प्रतिक्रिया दिएका थिए । नन्दिताको नाममा आएको यो एसएमएस महानायक राजेश हमाल पछिको सर्वाधिक धेरै एसएमएस आएको कार्यक्रम वाईस्कोप र फिल्मीखबरका रिपोर्टर बिजय आवाजले बताए । विजयले दिएको जानकारी अनुसार नन्दितालाई रेडकार्पेटमा राखेपछि उनको फोन नम्वर र ठेगाना माग्ने श्रोताहरु निक्कै धेरै थिए ।

आफूलाई माया गर्ने तथा मनपराउने दर्शक तथा श्रोता देखेर नन्दिता निक्कै भावुक समेत वनिन् । उनले आफुलाई दर्शक श्रोतासँग नजिक हुन मन नलाग्ने वताईन् । उनले भनिन्, 'मेरा दर्शक श्रोताले म प्रति देखाउनु भएको मायालाई सधै सम्हालेर राख्नेछु । तर म मेरा फ्यानहरुसँग नजिक हुन सक्दिन ।' आखिरमा नन्दिता किन फ्यानसँग नजिक हुन चाहँदिनन् त ? उनी भन्छिन् , 'जति नजिक भयो उति धेरै माया वस्छ र धेरै माया भयो भने सम्हाल्न सक्दिनकी भन्ने डर लाग्छ ।' फ्यानहरुसँग दुरीका हिसावले टाढा वसेपनि भावना र मायाको हिसावले सधै नजिक नै रहने उनको प्रतिबद्वता रहेको छ ।

नेपाली चलचित्रका कलाकारको लागी फ्यान कमाउनु सवैभन्दा ठूलो सफलता हो ।  यसरी चलचित्र उद्योगकी यि नायीकाले आफ्ना फ्यानहरुको माया त अथाहा पाएकी रहिछन् । नन्दिता जि ! फ्यान धेरै कमाए भनेर नमात्तिनुहोला किनकी फ्यानहरुले माया मात्र होईन टाटा वाईवाई पनि गर्न जानेका हुन्छन् नि !

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...