काँकडभिट्टा– आउदो २० डिसेम्वरभित्र अन्तरिम व्यवस्था लागु गर्न माग गर्दै आन्दोलित गोर्खा जनमुक्ति मोर्चाका अध्यक्षसहितको चार सदस्यीय टोली अचानक दिल्ली प्रस्थान गरेको छ ।
मोर्चा अध्यक्ष विमल गुरुङसहित महासचिव रोशन गिरी, प्रचार सचिव हर्क क्षेत्री र केन्द्रीय सदस्य नर्वुदोर्जे लामा दिल्ली गएका हुन् । दिल्ली जानु अघि पत्रकारसंगको संक्षिप्त कुराकानीमा मोर्चा अध्यक्ष गुरुङले कंग्रेस नेता राहुल गान्धीले निमन्त्रणा गरेको र उनैलाई भेट्न जान लागेको बताए । अन्तरिक व्यवस्थाका विषयमा शुक्रवार गान्धीसंग मोर्चा टोलीले छलफल गर्ने मोर्चाका सहसचिव विनय तामाङले जानकारी दिए । उनले भने,‘अन्तरिक व्यवस्थाको निर्माणमा देखिएका वाधा अड्चन फुकाउन छलफल केन्द्रीत हुने छ ।’ गुरुङले अन्तरिन व्यवस्था केन्द्र सरकारको प्रस्ताव भएको बताउदै आफुले अघि सारेको प्रस्ताव पुरा गर्न केन्द्रलाई कर लाग्ने बताए । गुरुङको यो दोस्रो दिल्ली दौडाहा हो । यस अघि केन्द्रीय गृहमन्त्री पी चिदम्वरमको निम्तोमा गत ३० अक्टोवरका दिन उनी दिल्ली गएका थिए । मोर्चा टोलीको अचानक दिल्ली यात्राले पहाडका विपक्षि पार्टीहरुमा विभिन्न खाले अड्कलवाजी शुरु भएको छ ।
मोर्चाले तत्काल अन्तरिम व्यवस्था लागु हुनु पर्ने बताउदै राज्य सरकारविरुद्ध विगत महिना दिन देखि दार्जिलिङमा असहयोग आन्दोलन गर्दै आएको छ । मोर्चाले २० डिसेम्वरसम्ममा अन्तरिम व्यवस्था लागु नगरिए त्यसपछि लागु हुने व्यवस्थामा हस्ताक्षर नगर्ने राज्य र केन्द्र सरकारलाई चेतावनी दिदै आएको छ । दार्जिलिङमा हालैको एक सभालाई सम्वोधन गर्नेक्रममा मोर्चा अध्यक्षले चेतावनी दिदै भनेका थिए,‘२० डिसेम्वरपछि हिरा मोति दिए पनि स्वीकार्नेवाला छैनौ ।’
वंगालका मुख्य मन्त्री वुद्धदेव भट्टचार्यले हालै छुट्टै राज्य गोर्खाल्याण्डको गठन असम्भव भएको र नगरविकास मन्त्री अशोक भट्टचार्यले २० डिसेम्व्रभित्र कुनै हालतमा अन्तरिम व्यवस्था लागु गर्न नसकिने लगायतका राजनीतिक टिप्पणी गरेका छन् । राज्य सरकारका अधिकारीहरुले पन्चायत र नगरपालिका निर्वाचन अघि अन्तरिम व्यवस्था लागु गर्न नसकिने प्रष्ट्याउदै आएका छन् । ‘राज्यको यस्तो व्यवहारले हाम्रो माग ओझेलमा पर्न पुगेको छ’, मोर्चाका एक नेताले भने,‘राज्यको व्यवहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ स्रँेतका अनुसार मोर्चाले टोलीले गृहमन्त्री पी चिदम्वरमसंग भेटेर राज्यको हालको व्यवहारका वारेमा जानकारी गराउने छ । गृहमन्त्रीले गत महिनाको भेटमा चुनाव अगावै अन्तरिम व्यवस्था लागु गरिने भन्दै मोर्चालाई आश्वस्त तुल्याउदै आएका थिए ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...