सञ्जीव चापागाई
नेकपा एमालेका सभासद् युवराज कार्कीले झापाको गौरीगञ्ज स्थित गौरीगञ्ज वहुमुखी क्याम्पसमा पुस्तकालयका लागि १ लाख रुपैया नगद सहयोग गर्ने घोषणा गर्नुभएको छ । क्यापसले आज विहान आयोजना गरेको एक कार्यक्रमका विच उहाले पुस्तकालय व्यवस्थापनका लागि सो रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दुर्गा राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख केदार रिमालले क्याम्पसका समस्याका वारेमा सभासदलाई अवगत गराउनुभएको थियो ।
सोहि अवसरमा सामुदायीक क्याम्पस सञ्चालनका लागि स्थाई आमदानीको निति वनाउन पहल गर्न सभासद समक्ष आग्रह गरीएको थियो ।सभासद कार्किले हिजोमात्रै नेपाल पत्रकार महासङ्घ झापा साखाको भवन निर्माणका लागि ५० हजार रुपैया सहयोग गर्नु भएको थियो ।
सुक्रवारदेखि गृह जिल्ला झापामा कर्यकर्ता भेटघाटमा व्यस्त रहनुभएका उहाँले यस अघिनै गौरादह बहुमुखी क्याम्पसको विज्ञान प्रयोगशाला निर्माणका तथा महारानीझोडाको डोरामारी माविलाई उच्च मावि बनाउन १/१ लाख रुपैया दिने घोषणा गरिसक्नुभएको छ ।
सभासद कार्किले आजै विहान अनेरास्यवियु गौरीगञ्ज क्याम्पसले आयोजना गरेको कार्यक्रममा सहभागि भइ विद्यार्थी संग भेटघाट गर्नुभयो भने त्यसपछि कारेवारीमा कार्यकर्ता संग समेत भेटघाट गर्नुभएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...