रविन भट्टराई,ताप्लेजुङ ६ पुस
किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात न्वागी पुजा आज वि-भिन्न कार्यक्रमको आयोजना गरी ताप्लेजुङमा पनि धुमधामका साथ मनाइदैछ । पुर्वका विभिन्न भेगमा वसोवास गर्ने राई, लिम्वू, सुनुवार र याक्खा जातीले मंसिर पुर्णिमा अर्थात आजैका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पुजा गर्ने गरेका छन ।
प्रत्येक वर्ष मंसीर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पुर्णिमा,किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उद्यौली पर्वका रुपमा मान्दै आएका छन ।दुईवर्षअघिदेखि नेपाल सरकारले मंसिरे
पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक विदा दिन थालेको छ ।प्रत्येक वर्ष मंसीर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पुर्णिमा,किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उद्यौली पर्वका रुपमा मान्दै आएका छन ।दुईवर्षअघिदेखि नेपाल सरकारले मंसिरे
बिशेषतः यो पर्व किराँतहरुको वाहुल्यता रहेका ताप्लेजङ, पाँचथर, इलाम धनकुटा तेहथुम, संखुवसभा, झापा, मोरङ र सुनसरी तथा उपत्यकाका ललितपुर, भक्तपुर र काढमाण्डौमा भव्यताका साथ मनाउने गरिएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...