मात्रिका पौडेल । भनिन्छ इतिहास जित्नेहरुको हो । हार्नेहरु त जित्नेले दिएको दयाका पात्र मात्र बन्छन् इतिहासका पानाहरुमा । कुनै बेला यस्तो थियो, शाहबंशीय राजतन्त्रनै नेपाल र नेपालीको एकताको आधार मानिन्थ्यो । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले उचालेको चोर औंलाले सबैलाई खबरदारी गरिरहेको मानिन्थ्यो । तर अब समय परिवर्तन भएको छ । शाहबंशीय राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनासँगै राजाहरुले गरेका सकारात्मक योगदानलाई समेत एकपछि अर्को गरि मेटाउने प्रयास भइरहेको छ ।
देशको केन्द्रीय सचिवालय सिंहदरवारको मूलद्धारा अगाडि वर्षौंदेखि उभिएको पृथ्वीनारायण शाहको शालिकले कसैको केही पनि बिगारेको थिएन । उनको चोर औंलाले नेपालको अखण्डता बाहेक अरु केही पनि मागेको थिएन । तर गणतन्त्र स्थापनासँगै
तत्कालिन अवस्थामा बाइसे र चौबिसे राज्यहरुमा टुत्रिmएर भारतको मुखमा छिर्न लागिसकेको नेपाललाई एकीकरण गरेर पृथ्वीनारायण शाहले कुन ठूलो अपराध गरे ? जसको सजाय अहिले उनको शालिकले भोग्नु परिरहेको छ । यसको जवाफ उनका आलोचकहरुले दिन सकेका छैनन् । नेपाल एकीकरण तत्कालिन देश, काल र परिवेशको आवश्यकता थियो भन्नेमा कसैको विमति छैन । वर्तमान बचाउन इतिहास मेट्नु कस्तो त्रmान्तिकारीता हो ? यदि पृथ्वीनारायणले नेपाल एकीकरण नगरिदिएका भए सायद आज हामी नेपाली नभएर अरु कुनै देशको नागरिक भइसक्ने थियौं । अहिले देश संघीयताका नाममा जातिय र क्षेत्रिय विद्धेषको शिकार बन्न थालेको छ । उत्पीडित जातजातीहरुलाई उनीहरुको राज्य दिने नाममा हाम्रा पूर्खाले रगतसँग साटेर एकीकरण गरेको मातृभूमीलाई जग्गा प्लटिङ गरे जसरी सिमा छुट्याएर बिखण्डनको बिजारोपण भइरहेको छ । यस्तो बेलामा श्रीपेच नलगाएको एउटा साहसी र वीर पृथ्वीनारायण शाहको आवश्यकता नेपाल आमाले महशुस गरेकी छन् । जसले सस्तो लोकप्रियताका लागि देशलाई अंशबण्डा गर्ने होइन, अझ बढि एकताबद्ध र अखण्ड बनाउन सकोस । त्यो चाहे सैनिक बर्दीमा आओस वा नागरिक पोशाकमा । किनकी देश नरहे हामी कोही पनि रहने छैनौं । पृथ्वी जयन्तीका अवसरमा जन जनले गरेको पुकार सायद यहि हो कि ?
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...