धारा जडान पछि भारवालाको पेशा संकटमा

 काँकरभिट्टा, ६ पौष
   काँकरभिट्टामा खानेपानीको उचित प्रबन्ध भएपछि लामोसमयदेखि भारमा पानी बोकर बिक्री गर्दे आएकाहरुलाई भने संकट परेको छ । पानीको समस्याका कारण यहाँका होटल, लज, स–साना पसलले समेत भारमा बोकर ल्याएको पानी खरिद गरि ब्यबसाय चाउथे । यतिखेर घर घरमै पानीका धारा जडान भएपछि पानी खरिद गर्न छाडेकाछन्   त्यसैका कारण भारमा पानी बोकी २–४ पैसा आय आर्जन गर्नेहरुको पेशा संकटमा परेको निताई राजबंशीले दुखेसो पोख्नु भयो । 
 राजबंशीले भन्नुभयो– शुरुमा पानीको समस्या थियो टाढा टाढाका ईनार र खोल का जरुवाबाट पानी भारमा ल्याएर बिक्री गर्दा घरको आर्थिक अबस्था टर्दे थियो अहिले पानीको सुबिधा भयो कसैले पानी नै किन्दैनन् के गर्नु ?। राजबंशी जस्तै आधा दर्जन मान्छेले त्यतिबेला भारमै पानी बोकेर दैनिक दुईसय रुपैया सम्म कमाउने गरेका थिए । अहिले घर घरमा खानेपानीले धारा जोडिदिए पछि हामी बिस्थापित भयौ अर्का पश्चिम बंगाल
पानीटया्कीका अमरेश बंगालीले भन्नुभयो्े । कालीखोलाको पानी भारमै बोकेर ल्याएर  पानी बंगाली दिनभर काँकरभिट्टामा बिक्री गरिे साँझ घर फर्कनुहुनथीयो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...