स्वयंसेवीको रूपमा मोरङमा कार्यरत यी बेलायती शिक्षक दम्पती भन्छन्– शिक्षकको महत्व सर्वप्रथम स्वयम् शिक्षक र नेपाली समाजले बुझनु जरुरी छ, राज्यले पनि शिक्षकलाई प्राथमिकताको उच्च सूचीमा पार्नुपर्छ ।
डम्बरकृष्ण श्रेष्ठ
बेलायती दम्पती डेभिड स्पाइनी (६१) र डेबोराह जोर्डन (५९) ७ महिनादेखि हरेक दिन साइकल चढेर मोरङ जिल्ला शिक्षा कार्यालय, शिक्षक तालिम केन्द्र र विभिन्न विद्यालयहरूमा पुग्छन् । उनीहरू ती ठाउँ धाउनुको मूल उद्देश्य आफूले जानेको शिक्षण सीपस्थानीय शिक्षकहरूलाई बाँड्नु हो । शिक्षकहरूको स्तरवृद्धिका लागि काम गरिरहेका यी बेलायतीहरू जिल्ला शिक्षा कार्यालय मोरङमा शिक्षा तथा शैक्षिक तालिम सल्लाहकारका रूपमा कार्यरत छन् । तीन वर्ष इथोपियामा काम गरेर नेपाल आएका यी दम्पती नेपालको शिक्षा क्षेत्रका लागि काम गर्न पाएकोमा खुशी छन् । बेलायतमा ४० वर्ष शिक्षण सेवामा बिताएका डेभिड लन्डनको द हेड्ली वेदर हाईस्कूलमा १० वर्ष प्रधानाध्यापक समेत रहिसकेका छन् । उनी हाल विराटनगरका तीन वटा सरकारी विद्यालयमा स्तरीय शिक्षाका लागि काम
गरिरहेका छन् । ३३ वर्षदेखि शिक्षण पेशमा रहेकी उनकी श्रीमती डेबोराह भने पूर्वाञ्चलका मोरङ, सुनसरी, सङ्खुवासभालगायतका जिल्लाका शिक्षकहरूलाई दसमहिने शिक्षणकला सम्बन्धी तालिम सञ्चालनमा व्यस्त छिन् । शिक्षा–स्तर वृद्धि गर्न कार्यरत भोलेन्टरी सर्भिस ओभरसिज (भीएसओ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत् स्वयंसेवकको रूपमा तीन वर्षका लागि उनीहरू नेपाल आएका हुन् । शिक्षक र विद्यार्थीहरूलाई प्रशिक्षण दिनुअघि दुवै जना पहिले कक्षाकोठामै पुगेर त्यहाँको सिकाइ प्रक्रियाको अवलोकन गर्छन् र त्यहाँको अवस्था हेरेर आवश्यकता अनुसारको प्रशिक्षण दिन्छन् । डेबोराह २० वर्षअघि आफ्ना विद्यार्थीहरूसँग शैक्षिक भ्रमणका लागि पोखरा आएर एक महिना बसेकी थिइन् ।
डेभिड भने पहिलो पटक नेपाल आएका हुन् । पहिले घुम्न आउँदा नेपालको शिक्षाबारे सामान्य चासो मात्र रहे पनि अहिले आफूले यही काम गनर्पुर्ने भएकाले गहिरिएर अध्ययन गरेको डेबोराह बताउँछिन् । बेलायत र नेपालका स्कलू का े तलु ना गर्द ै उनी भन्छिन,् “बेलायती शिक्षक र विद्यार्थी धेरै भाग्यमानी छन्, किनभने त्यहाँ प्रशस्त स्रोतसाधन छ तर, यहाँ धेरै समस्या छन् ।” तर इथोपियाको भन्दा नेपालको अवस्था खराब नभएकोमा सन्तोष मान्दै उनी थप्छिन्, “इथोपियाभन्दा त नेपालको शैक्षिक अवस्था धेरै नै राम्रो छ । यहाँका समस्याहरूलाई सिकाइका अलग प्रक्रिया अपनाएर हल गर्न सकिन्छ ।”
बेलायतमा ९० प्रतिशत विद्यार्थी सरकारी विद्यालयमा पढ्ने र ती विद्यालयको शैक्षिक स्तर राम्रो रहेको बताउँदै डेभिड भन्छन्, “तर, नेपालमा ठीकउल्टो छ । यहाँ शिक्षामा निक्कै ठूलो विभेद छ । यहाँ गरिबका छोराछोरी त सरकारी विद्यालयमा पढ्छन्, मध्यमस्तरका मान्छेले पनि आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन चाहँदा रहेनछन् । यो जटिल चुनौती हो ।” सरकारी विद्यालयहरूमा विद्यार्थीका अनुपातमा अपर्याप्त र साना कोठा हुने भएकाले पनि शिक्षकहरू प्रभावकारी हुननसकेको डेबोराह बताउँछिन् । विराटनगरको जनपथ माविको एउटै कक्षाकोठामा १३५ जना विद्यार्थी देखेका डेभिड भन्छन्, “शिक्षकले एउटा कुरा सोध्दा ५५ जना विद्यार्थी एकैसाथ चिच्याउँछन्, यस्तोमा शिक्षकले कसरी पढाउनु ?” तर, आफूहरूले प्रशिक्षण दिन शुरु गरेपछि विद्यालयको वातावरण र सिकाइ प्रक्रियामा धेरै सुधार आउँदै गएको उनको अनुभव छ । उनी भन्छन्, “पहिले जस्तो अवस्था छैन, विद्यार्थीहरूमा पालैपालो बोल्ने बानी बसेको छ ।” उनीहरुले शिक्षकहरूलाई रोचक ढङ्गले पढाउन र पुस्तकमा भन्न खोजिएको कुरा मुखले बोलेर मात्र नभई चित्र र व्यवहारबाट पस््र ट पानर्जे स्ता सीप सिकाउने गरेका छन् । विद्यालयमा शिक्षक र विद्यार्थीका बीच नियमित छलफल र राउण्ड टेबुल गर्दा
पनि कतिपय शैक्षिक समस्याहरू हल हुन थालेको डेभिड बताउँछन् । उनी भन्छन्, “अहिलेसम्मको प्रगति देख्दा हामी सफल हुन्छाँै भन्ने लागको छ ।” डेबोराहले भने तालिमका क्रममा धेरै शिक्षकलाई निराश पाएकी छिन् । उनी भन्छिन्– धेरै शिक्षक–शिक्षिकामा कम तलब र यो पेशाप्रतिको सामाजिक उपेक्षाका कारण निराश भएको पाएँ ।” सरकारले शिक्षालाई उचित प्राथमिकता र शिक्षकको गुणस्तरमा बढी ध्यान दिनुपर्ने डेबोराहको सल्लाह छ । उनको विचारमा राम्रो प्रशिक्षण र मार्यादा दिन सकेमा धेरै स्रोतसाधन नभए पनि शिक्षकहरूले राम्ररी पढाउन सक्छन् । विद्यार्थीहरूको बौद्धिक विकासमा शिक्षकको अहम् भूमिका हुने भएकाले उनीहरूलाई सबै क्षेत्र बाट उच्च प्राथमिकता र मयार्दा प्रदान गराउनुपर्ने डेभिडको कथन छ । आपूmले शिक्षण पेशा अपनाएकोमा एकदमै सन्तुष्ट भएको बताउँदै उनी भन्छन्, “म डाक्टर, इञ्जिनियर पनि हनु सक्थँे तर मैले यही पेशा रोजे । यहाँ कतिपय शिक्षकमा यो पेशाप्रति असन्तुष्टि पनि पाएँ तर म अरू पेशाबाट यति सन्तुष्ट हुनसक्ने थिइनँ होला ।” हाइस्कूलको प्रध्रानाध्यापक हँुदा आफ्ना बाबु– आमाले समेत गर्व गरेको सुनाउँदै उनी भन्छन्, “नेपाली समाजले शिक्षा र शिक्षकको महत्वलाई महत्व नदिएकाले पनि धेरै शिक्षकहरूले हीनताबोध गरेको हुनुपर्छ ।” डेबोराह भने आफ्ना बुबा शिक्षक रहेकाले उनैलाई देखेर आफू यो पेशामा आएको बताउँछिन् । उनी भन्छिन्, “शिक्षकहरूको महत्व सर्वप्रथम स्वयम् शिक्षक र समाजले बुझनु जरुरी छ, त्यसपछि राज्य पनि शिक्षा र शिक्षकलाई प्राथमिकताको अग्रिम सूचीमा राख्न बाध्य हुन्छ ।”
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...