चारआली ८, पुष
लोप हुदै आएको धिमाल जातिको ऐतिहासिक, संस्कृति तथा परम्पराको पहिचान गराउने उद्देश्यले पूर्वी झापाको चारआली आगमी पौष २३ गतेदेखि पहिलो पटक महोत्सवको आयोजना गरिने भएको छ ।
बुधबार चारआलीमा धिमाल जाति विकास केन्द्रले आप्mनो जातिको लोप हुदै आएको धार्मीक महत्व बोकेको ऐतिहासिक पृष्ठभुमी तथा संस्कृति झल्काउने सांस्कृतिक नृत्य, भेष—भुषा । परिकारको पहिचान गराउन महोत्सवको आयोजन गरिएको केन्द्रका अध्यक्ष नरेन्द्र दिङ धिमालले जानकारी दिनुभयो ।
झापा ,मोरङमा १ लाख बढी धिमाल जाति बसोबास गर्दै आएपनि आफ्नो पहिचान झल्काउने कला, संस्कृतिलाई लोप हुनबाट बचाउन युवाको पहिलो प्रयास भएको जनाएका थिए ।
उक्त दुई दिने महोत्सवमा दाका, बोना, चन्द्रहार,
टेपना, आस्कोट, बोना थेर्का जस्ता सांस्कृति, र तोले, गोन्द्रो, लेउसार, चेरचेरी लगायतका लोप हुदै आएका परिकारको प्रर्दशन गरिने भएको महोत्सव व्यवस्थापक मानबहादुर दिङ धिमालले बताए । साथै अधुरो बनेको संविधान निमार्णलाई चाडौ निमार्णको गति दिन सबै नेपाली एक जुटका लागि चेतनामुलक सन्देश, विभिन्न खेल गतिविधी, नेपालीको चिनारित्व झल्काउने मेचे, सन्थाल,राजवंशी, सतारको आ—आफनै सांस्कृतिक पहिचान प्रस्तुत गर्ने भएको कार्यक्रममा जनाएको छ ।
उक्त महोत्सवकालागि ३ लाख,५० हजार आर्थिक लाग्ने अनुमान गरिएको छ ।
समाचार स्रोत :– झापाको भद्रपुरबाट प्रकाशित हुने झापा पोष्ट दैनिक
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...