झापाको शिवगन्ज ४– धौलेचोक पुग्ने मानिस विक्रम रणपपहेंलीलाई देख्दा निकै अच्म्म मान्छन् । यदि तपाईहरु पनि कुनै दिन उनलाई भेट्नु भयो भने निकै अचम्म मान्नुहुन्छ ।
अपाङ्ग भए पनि विविध प्राविधिक ज्ञानका धनी रणपहेली आफैं परिश्रम र मेहनत गरेर तीनजनाको परिवार धान्दैछन् । ह्विलचियरमा हिंड्दै मागेर खानेहरुलाई उनले ठूलो चुनौती दिएका छन्, घरमै टेलर्स राखेर सेवा पुर्याएर कमाएको रकमले तीन जनाको परिवार धानेका छन् । रणपहेलीको हातखुट्टा औंलाभन्दा थोरै मात्र मोटो छ । ढाड, कुम अशक्त छ अर्थात् शारीरिक अवस्था साह्रै कमजोर छ । हेर्दा पत्याइँदैन तर रणपहेली कपडा सिलाउन र राइस मिल चलाउन दक्ष र अनुभवी छन् । ‘म मोटरसाइकलको ढक, पम्पचर, साइकल, पानी तान्ने कल मज्जाले बनाउँछु’, २८ वर्षीया रणपहेली भन्छन्, ‘म यसरी खटेर काम गर्दै मासिक ६/७ हजार कमाउँछु ।’
हाम्रो समाजमा अपाङ्गहरु मागेर खान्छन् । कतिपय आफ्नो अधिकार माग्दै आन्दोलन गर्छन् तर त्यही समाजमा अपाङ्ग भएर पनि कसैसँग हात नफैलाई आफ्नै परिश्रमले बाँच्ने पनि कोही छन् ती मध्धेका एक उदाहरणीय व्यक्ति हुन् रणपहेंली । स्थानियबासी भन्छन्, ‘वास्तवमै त्यस्ता मान्छेका लागि गतिलो चुनौती र झापड हो रणपहेलीको परिश्रम ।’ ‘यो साँच्चै नै साहसी मान्छे हो, मागेर खाने अवस्था छ, तर ऊ आफ्नै परिश्रमले बाँच्छ ।’
‘हामीलाई अपाङ्ग भनेर कसैले चासो दिएको छैन’, रणपहेलीले गुनासो गर्दै भने, ‘हामीलाई राज्यले अपाङ्ग भत्ता भनेर चार सय रुपैयाँ दिन्थ्यो, साउनदेखि एक हजार दिन्छु भनेको छ’, मासिक चार सय तिरेर भाडामा बस्दै आएका रणपहेली भन्छन्, ‘त्यति भत्ताले पारिवारिक समस्या कसरी टर्छ र ?’
‘परम्परा, रुढीवादीका कारण आमाबुबाले आफू अपाङ्ग भएको बताएको भन्ने ४ कक्षा मात्र पढेका रणपहेली भन्छन्, ‘म यसरी अपाङ्ग भएर त परिश्रमको कमाई खान्छु । तर, पूरै तन्दुरुस्त र स्वस्थ छौं भन्ने गाउँको बेरोजगार आवारा युवाहरुलाई सम्झाउने गर्छु । कतिपयले मान्छन्, कतिले बेवास्ता गर्छन्’, उनले भने, ‘समाजमा बेरोजगार भएर बस्नुभन्दा केही न केही गरेर सबैले देखाउनुपर्छ ।’ पाँच महिनाको छोरी रहेको रणपहेलीको यस्तो साहसी परिश्रमबाट गाउँले समेत हर्षित छन् । रणपहेलीले कुनै पनि काम प्राविधिक शिक्षालयमा गएर सिकेका होइनन् । बाबुले र अरुले गरेको सानैदेखि हेरेर सिकेको उनी बताउँछन् । उनकी श्रीमती सविना रणपहेली भन्छिन्, ‘म श्रीमानको पौरखदेखि अत्यन्तै खुसी छु । हामीलाई उहाँले निकै सहजताका साथ पाल्नुभएको छ ।’
हामी आफै विचार गरौं त यसरी औलाभन्दा थोरै ठूलो आकारमा भएको खुट्टाको सहयोगले उनी दिनभरी सिलाईको काम गर्छन् अनि यस्तो शारीरिक रुपमा अशक्तहुँदा पनि गह्रौ काम, जस्तै साईकल, मोटरसाईकलको पम्चर, पानी तान्ने कल पनि सपाङ्गजस्तै गरी बनाउन सक्छन् ।
त्यसैले हामी पनि केही सिक्ने हो कि रणपहेंलीबाट ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...