काँकरभिट्टा, ८ पौष/झुठा विवरण सिफारिस गरेको अभियोग लागेको आफ्ना तीन कर्मचारीलाई लिएको स्पष्टिकरणमा उनिहरुले "नियतवस यस्तो काम नगरेको" बताएका छन् ।
नगरपालिककाका लेखा अधिकृत राजन भेट्वाल, खाद्य अधिकृत दिपेन्द्र कार्की र वडा कार्यालयकी सचिव पवित्रा सुव्वालाई कार्यालयले स्पष्टिकरण लिएको थियो ।
स्रोतका अनुसार नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले तीने जना कर्मचारीलाई किन त्यस्तो झुठा विवरण सिफारिस गरेको भनी स्पष्टिकरण सोधेका थिए । जवाफमा कर्मचारीहरुले नियतवस त्यस्तो नगरेको कार्यकारी अधिकृत राईलाई बताए ।
मेचीनगर–११ प्यारिभिट्टाको कित्ता नं. ८८ को १८ कठ्ठा र कित्ता नं. ८२ को २ विघाहा जग्गा बेचविखनको लागि नगरपालिकाको तर्फबाट सिफारिस दिद्या कर्मचारीहरु भेटवाल, कार्की र सुव्वाले
जग्गामा कोही कसैको बसोबास नरहेको सिफारिस गरिदिएका थिए । जग्गामा सुकुम्वासीले सिफारिसप्रति विरोध जनाउँदै अख्तियार कार्यालयमा मुद्रा दायर गरेपछि नगरपालिकाले उनिहरुविरुद्ध स्पष्टिकरण माग गरेको हो ।प्यारिभिट्टामा सुकुम्वासीहरुको बसोबास भए पनि धनीपूर्जा भूमिपति राजकुमार आचार्यलगायतको नाममा छ । सुकुम्वासी र त्यहाँका पुराना बासिन्दाले जग्गामा स्वामित्व आफ्नै नाममा हुनुपर्ने माग गर्दै आएका छन् । विवाद चर्केपछि नगरपालिकामा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेता रहेको समाधान समिति गठन गरिएको छ ।
समितिको एकपटक मा बसेको बैठकले नगरपालिकाले सुकुम्वासीको बसोवास प्रमाणित गरिदिनुपर्ने र पुरानो धनीपूर्जा बजर गर्न अदालत जानुपर्ने निर्ण गरेको छ ।
समाचार स्रोत :– पूर्वीद्वारबाट प्रकाशित हुने जनसंसद दैनिक
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...