श्रीमतीभन्दा कम खर्चिला बेकह्याम

लन्डन/ फुटबलर डेभिड बेकह्याम श्रीमती भिक्टोरियाको तुलनामा कम खर्च गर्ने व्यक्तिका रूपमा देखिएका छन् । बेकह्याम दम्पतीले दैनिक हजार पाउन्ड खर्च गर्छ । विभिन्न पार्टी वा समारोहमा सम्मिलित हुँदा दुवैले दसौँ हजार पाउन्डभन्दा माथि खर्च गर्ने गरेका छन् ।
एकपटक प्रयोग भइसकेका वस्तुहरू दोस्रोपटकमा नल्याउने बानी उनीहरूको छ । बेकह्याम दम्पतीबारे हि्वल होम इन्स्योरेन्सले गरेको अनुसन्धानमा पहिला भइसकेका वस्तु फेरि प्रयोगमा नआउने उल्लेख छ । वाषिर्क करोडौँ डलर आम्दानी भए पनि बेकह्याम मितव्ययिता राख्न निकै सिपालु भएको इन्स्योरेन्सका प्रोपाइटर निकी सेलर्सले बताए । दैनिक कार्यक्रममा उपस्थिति हुँदा भिक्टोरियाले महँगो ज्वेलरी, लुगा तथा अन्य वस्तु प्रयोग गर्छिन् । श्रीमती भिक्टोरिया महँगो भेषभूषामा उपस्थित हुँदा बेकह्याम भने सामान्य व्यक्तिका रूपमा प्रस्तुत हुने गरेको सेलर्स बताउँछन् ।
'आफूलाई फेसनेबल र आकषिर्त देखाउन भिक्टोरियाले समारोहस्थलमा जाँदा हजारौँ पाउन्डबराबरका भेषभूषा लगाउने गर्छिन्,' उनले भने, 'यसविपरीत बेकह्याम भने निकै सामान्य हुन्छन् ।'

बि्रटोन्समा बेकह्याम दम्पती बसोवास गर्दा हि्वल होम इन्स्योरेन्सले सो अनुसन्धान गरेको हो । छिमेकीको दाँजोमा उनीहरूको दैनिक खर्च धेरै भएको सेलर्सले बताए । धेरै महिला आफूलाई 'फेसनेबल' देखाउन पनि आकर्षक डिजाइनका सामग्री किन्ने परम्परा युरोपमा भएको हि्वल होम इन्स्योरेन्सले जनाएको छ । त्यसैबाट प्रभावित भएर भिक्टोरिया श्रीमान्भन्दा बढी खर्चिलो भएकी हुन् । पुरुषहरू भने टी-सर्ट र जिन्स पाइन्टमै आफूलाई ह्यान्डसम मान्ने गरेको सेलर्सले बताए ।
उनका अनुसार बेकह्यामले दैनिक आवश्यक पर्ने वस्तुमा ९ सय ५९ पाउन्ड खर्च गर्दा भिक्टोरियाले १ हजार ५२ पाउन्ड गर्छिन् । सो अध्ययनमा सामान्य बि्रटिस नागरिकभन्दा बेकह्याम दम्पतीको दैनिक खर्च दसौँ गुना बढी भएको जनाएको छ । भिक्टोरियाको गहना, अन्डरवेयर तथा मोबाइलमा बढी खर्च छ । उनले ती वस्तुमा ५ सय ७८ पाउन्ड खर्च गर्छिन् । बेकह्यामले घडी, बि्रफकेस, तथा पर्समा बढी खर्च गर्छन् ।
बेकह्यामको विभिन्न वस्तुका लागि दैनिक ५ सय ५ पाउन्ड खर्च हुन्छ । ज्याकेट, मोजा, ट्राउजर, कोटमा भने दुवैले समान खर्च गरेको देखिन्छ । 'गुणस्तरीय र ब्रान्डका वस्तुमाथि महिलाहरू विश्वास राख्छन् । भिक्टोरियाले सोही प्रवृत्ति अपनाएको देखियो,' सेलर्सले भने ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...