गोरखाल्याण्ड आन्दोलन स्थगित

काँकडभिट्टा – गोर्खा जनमुक्ति मोर्चाले मंगलवारदेखि आन्दोलनका सम्पुर्ण कार्यक्रम स्थगित गरेको छ । 
मोर्चाले २० डिसेम्वरभित्र अन्तरिम व्यवस्था लागु गर्न माग गर्दै गत ६ डिसेम्वरदेखि दार्जिलिङमा चरणवद्ध आन्दोलन गर्दै आएको थियो । आसन्न क्रिसमस पर्वलाई ध्यानमा राखेर आन्दोलन स्थगन गरिएको 
मोर्चाका प्रचार सचिव हर्क क्षेत्रीले जानकारी दिए । उनले आउदो जनवरीसम्मका लागि आन्दोलन स्थगित गरिएको बताउदै त्यसपछि आवश्यकता अनुसार अर्को आन्दोलनको कार्यक्रम घोषणा गर्न सकिने जानकारी दिए । मोर्चाले अन्तरिम व्यवस्था शीघ्र लागु गर्न दवाव दिने उदेश्यले दार्जिलिङका सम्पुर्ण सरकारी कार्यालयहरु वन्द गराएको थियो । तराई तथा डुवर्स क्षेत्रमा पनि उसले विरोधका विभिन्न कार्यक्रम आयोजना गर्दै आएको थियो ।

अध्यक्ष विमल गुरुङसहितको मोचा टोली हाल दिल्लीमा राजनीतिक भेटघाटमा व्यस्त छ । टोलीले वित्त मन्त्री प्रणव मुखर्जी, कंग्रेस नेता राहुल गान्धीलगायतका केन्द्रीय नेतृत्वसंग अन्तरिम व्यवस्था लागु गर्ने सम्वन्धमा भेटवार्ता गरिसकेको छ । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...