सिलगुढी ४ पौष । पश्चिम वंगालका एक जना प्रहरी प्रमुखले नेपाली माओवादी, भारतका भुमिगत संगठनहरु उल्फा र केएलओवीच हालै दार्जिलिङमा वैठक सम्पन्न भएको दावी गरेका छन् ।
वंगालका प्रहरी प्रमुख आइजी रणवीर कुमारले नेपाली माओवादीसंग भारतका प्रतिवन्धित संगठनहरुले वैठक गरेको दावी गरेका हुन ।
प्रहरी प्रमुख कुमारले हालै एक टेलिभिजन च्यानलमा अन्तरवार्ता दिदै उल्फा र नेपाली माओवादीवीच प्रत्यक्ष संलग्नता रहेको र केएलओले त्यसका लागि सेतुको काम गरेको दावी सिलिगुडीवाट प्रकाशित एक अखवारले उल्लेख गरेको छ । उनले अन्तरवार्ताका क्रममा तीन संगठनवीच दार्जिलिङको कुन स्थानमा र कहिले वैठक वस्यो ? भन्ने वारे खुलाउन नचाहेको त्यो अखवारले उल्लेख गरेको छ । कुमारले राज्यको गुप्तचर विभागको गोप्य सुचनालाई उद्धृत गर्दै नेपाली माओवादी र केएलओवीच केही दिनपछि हतियार सम्वन्धि सम्झौता हुन लागेको दावी गरेका छन् ।
कामतापुरी लिवरेशन फाउण्डेशन (केएलओ ) वंगालकै जलपाइगुडी जिल्लाका अधिकांश भाग समेटेर कामतापुर राज्य गठन गर्न माग गर्दै लामो समयदेखि सशस्त्र संघर्षमा होमिएको पार्टी हो । भने असमलाई समेत अलग गरेर अर्को राज्य गठनको माग गर्दै उल्फाले दशकौदेखि सशस्त्र आन्दोलन हाक्दै आएको छ ।
यसैवीच सोमवार केएलओको स्थापना दिवसलाई मध्यनजर गर्दै वंगालको सुरक्षा कडा तुल्याइएको बताइएको छ ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...