पेट्रोलियम पदार्थको मूल्यबृद्धिलगत्तै फिर्ताको माग गरी आन्दोलन गरिरहेका क्षेत्रीय होल व्यवसायी सङ्घ क्षेत्र नम्बर १ ले आपूर्ति मन्त्री राजेन्द्र महत्तो काँकरभिट्टामा आउने सुइको पाएपछि कालो झयडा र व्यानरसहित सडकमा मन्त्रीविरुद्ध चर्को नाराबाजी गर्दै सडकमा मान्छे उतार्यो । दिउँसो २ बजे मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा रहेको नेपाल मोडल यातायात विकास समितिको निरीक्षण गर्न आइपुगको भनिए पनि सडकभरि उनको विरोधमा चर्का नाराबाजी हुन थालेपछि स्थानीय प्रशासनले पनि सडकमा सशस्त्र र जनपद प्रहरी ठूलै सङ्ख्यामा उतार्यो । साँझ ४ः४० बजे मात्र आफ्नै पार्टीका केही कार्यकर्ताका साथ मन्त्री काँकरभिट्टा आइपुगे । मन्त्री आइपुगेपछि प्रदर्शनकारी आत्राmेशित हुँदै नाराबाजी गर्दे मन्त्रीको पछिपछि दगुरे । प्रहरी र प्रदर्शनकारीबीच शुरु भयो घम्साघम्सी । करिव एक घण्टा मन्त्रीले समितिको कोठाभित्र बिताए भने बाहिर भने सयौंको जनमास उनको विरुद्धमा कराइरहेका थिए । मन्त्रीले समितिको निरीक्षण समेत राम्ररी गर्न पाएनन् । प्रस्तुत छ एक साताअघि काँकरभिट्टा आएका मन्त्री महतोसँगको कुराकानीको केही अंश ।
प्रश्न तपाई विरुद्धमा नारावाजी भईरहेको छ नि ?
मन्त्री लोकतन्त्र भनेको यही हो । आफूलाई चित्त नबुझेको कुराको खुलेर विरोध गर्न पाइएन भने के को लोकतन्त्र ? मूल्यवृद्धिमा चित्त नबुझे पछि विरोध गरिएको हो । म यसलाई सामान्य अर्थमा लिन्छु । तर, आन्दोलनका नाममा सस्तो लोप्रियताका लागि लोकतन्त्रको खिल्ली उडाउनु चाँहि हुँदैन ।
अनि प्रधानमन्त्री र तपाईको राप्रपा नेपालले त पुत्ला समेत डढायो रे नि ?
गिरिजाप्रसाद कोइराला, प्र्रचण्ड लगायतका अन्य नेताहरुको पुत्ला यसभन्दा अघि डढाएको त तपाईलाई थाहा छदैछ । त्यसैको निरन्तरता हो ,हाम्रो पुत्ला राप्रपा नेपालले मात्र होइन, जसले डढाए पनि हुनेवाला केही छैन ।
पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुको कारण ?
एलपी ग्यासमा लगाएको मूल्य अभिवृद्धिकर र पेट्रोलियम पदार्थमा सरकारले सडक सुधार शीर्षकमा लगाएको कर नै प्रमुख कारण हुन् ।
मूलयवृद्धि फिर्ता होला त ?
एउटा कुरा के बुझ्नुहोस् भने सरकाले अहिले जुन मुल्यवृद्धि गरेको छ , त्यो फिर्ता गर्नका लागि होइन । बाध्यात्मक परिस्थितका कारण यो भएको हो । यसरी मूल्यवृद्धि गर्दा समेत आयल निगम बर्सेनी घाटामा छ । मुलुकभर घाटाको व्यापार कहीँ हुँदैन । त्यसैले आन्दोलनकै भरमा सरकार मूल्यवृद्धि फिर्ता गर्ने पक्षमा छैन । त्यासमो मूलय अभिवृद्धिकर, पेट्रोलियम पदार्थमा लगाएको सडक सुधारको कर अर्थमन्त्रालले मिनाह गरे अहिले मूल्यवृद्धि फिर्ता हुनसक्छ । त्यति मात्र होइन थप ग्यासमा प्रतिसिलिण्डर एक सय नैपायँ पनि कम गरिदिनछु । त्यति गर्दा पनि आयल निगमलाई १६६ रुपैँया नोक्सान हुन्छ । आपूर्ति मन्त्रालयले त्यसलाई कतैबाट मेकअप गर्छ ।
यस विषयमा आपूर्ति मन्त्रालयले अर्थमन्त्रालयलार्य जानकारी गराएको छ त ?
पटक–पटक लिखित मौखिक दुवै गराएको छ । २०६६ कात्तिक ११ गते लिखित रुपमा अर्थमन्त्रालयमा पत्र थमाएको छ । तर अर्थमन्त्रालयले अहिलेसम्म कुनै जवाफ पठाएको छैन । सरकारको ठोस नीति छैन । सत्तापक्ष र प्रतिपक्ष बसेर एउटा निर्णय गर्ने, व्यवहारमा लागू गर्न दुवै पक्ष मान्दै नमान्ने । अनि कसरी देशको विकास हुन्छ ?
आयम निगमभित्र हुने भ्रष्ट्रचार रोके मूल्यवृद्धि गनृ नपर्ने भनिन्छ नि ?
भ्रष्ट्रचार कहाँ कसले कति ग¥यो ? स्पष्ट पारिदिनु प¥यो नि ! बोल्दैमा हुन्छ र !
यो अन्तर्वाता झापाको प्रतिदिन दैनिकमा आज प्रकाशित भएको छ भने प्रतिदिन दैनिकका काँकरभिट्टा संवाददाता लक्ष्मी उप्रेतीले मन्त्रीसँग गरेको कुराकानी हो ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...