आलु विउको मूल्य आकासिएपछि वारी वाझै

ताप्लेजुङमा आलुको विउ अभाव र मूल्य आकासिएपछि कृषकहरु चिन्तित वनेका छन । विउको मूल्य वृद्धिसँगै विउका लागि राखिएको आलुमा समेत पुतली लागि भित्र कीरा पर्ने र कुहिने गरेकाले प्राय मंसिर महिनाको तेश्रो हप्तामा रोपिसक्नुपर्ने भएपनि अहिलेसम्म कृषकहरुको अधिकांश जग्गा वाझै रहेको छ । अहिले ताप्लेजुङमा आलु विउको मूल्य पाथीको १५० रुपैयाँ र किलोको ३५ रुपैयाँ सम्म पूगेको छ । विउको अभाव हुनुको मूख्य कारण गत साल लामो खडेरी र मौसम प्रतिकुल भएकाले आलुको उत्पादनमा ह्रास आएको अर्का कृषक कुलमान गुरुङको भनाइ छ ।
जिल्लाको फुङलिङ गाविसका वाड नं. ५,६ हाङदेवाका १ नं वडा र अन्य गाविसका कृषकहरु विउको मूल्य आकासिएपछि र किन्न पनि नपाएकाले झनै चिन्तित वनेका छन ।
भौगोलिक वनावटअनुसार यस क्षेत्रमा प्राय आलु र मकै खेति गर्ने प्रचलन छ । मूख्य आयस्रोत आलु भएकाले यसैको आम्दानीवाट अधिकांश किसानहरले घरव्यवहार चलाउने गर्दै आएका छन ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...