त्रिचन्द्रमा यसरी भयो खुकुरी हानाहान

उमेस तिम्सिना
विद्यार्थी संगठनबीच झडप हुँदा त्रिचन्द्र क्याम्पसमा खुकुरी प्रहार भएको छ। नेपाल विद्यार्थी संघ र अनेरास्ववियुका विद्यार्थीबीच भएको भडपमा अखिल समर्थक विरेन्द्र राउत गम्भिर घाइते भएका छन्। हात र खुट्टामा चोट लागेका उनको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ। भर्ना खुल्ला गर्ने विषयमा अखिअनेरास्ववियु सचिवालय सदस्य चुडामणि जोशीले मध्यान्ह् साँढे २ वजे नेविसंघ समर्थक विरेन्द्र गिरीले खुकुरी हानेको दावी गरे। 
दुबैपक्षबीच झडप हुँदा अनेरास्ववियु समर्थकहरुले स्वतन्त्र विद्यार्थी युनियनको कार्यालय तोडफोड गरी आगो लगाउने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरी पुरुषोत्तम कडरिया, समिक बडाल, उमेश आचार्य, सन्दिप पोखरेल, मधु न्यौपाने लगायत १० जनालाई पक्राउ गरेको थियो। 
मध्यान्ह त्रिचन्द्रमा दुबै पक्षबीच झडप भएपछि अनेरास्ववियु समर्थकहरु रत्नराज्य क्याम्पस अगाडि भेला भएर नेविसंघ विरुद्ध नारावाजी गरेका थिए। उनीहरुले सडक अवरुद्ध बनाउँदै घटनामा संलग्नलाई कार्वाहीको माग गरेका थिए। 

आरआर क्याम्पस अगाडि जम्मा भएका उनीहरु त्रिचन्द्र अगाडि पुग्दै नारावाजी गरेका थिए। प्रहरीले बाटोमा सवारी आवागमन अवरुद्ध बनाएको भन्दै अनेरास्ववियु समर्थक १० जनालाई पक्राउ गरेपछि उनीहरुले पक्राउ परेकाहरुको रिहाई र खुकुरी हान्नेलाई पक्राउ गर्नुपर्ने माग गर्दै विरोध प्रर्दशन गरेका थिए।

त्रिचन्द्रमा नेविसंघ र एमाले निकट अखिलबीच पटक पटक झडप हुने गरेको छ। यस अगाडि भएको झडपमा गोली समेत चलेको थियो। गोली लागेर नेविसंघ समर्थक घाइते भएका थिए।लले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएको विषयमा दुबै संगठनबीच विवाद हुँदा खुकुरी प्रहार भएको थियो।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...