अब भने पढ्न सजिलो हुने भो सिमान्तकृत बालबालिकालाई

सञ्जीव चापागाई,झापा,१२ पुस
झापाको धाइजन गाविसमा रहेका अति सिमान्तकृत तथा लोपन्मुख जनजातीका ३० विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदन गरीएको छ । लुथरन विश्व फेडेरेसन तथा साहारा नेपालको संयुक्त सहयोगमा एकता सामुदायीक विकास केन्द्रले आज ति विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । गाविसमा रहेका ग्वाल, कवर, किसान, धिमाल, सन्थाल, राजवंशी, मालगह लगायत आदिवासी विद्यार्थीहरुलाई विद्यालय पोसका तथा झोला र कलम प्रदान गरीएको आयोजक एकता सामुदायीक विकास विकास केन्द्रका सचिव एवं कार्यक्रमका सञ्चालक विकास ग्वालले जानकारी दिनुभयो ।

आयोजक सस्थाका सुर्जन कवरको सभापतित्वमा भएको कार्यक्रममा सहारा नेपालका सञ्चालक समिति सदस्य स्याम प्रधान, दधीवल चापागाई, भानु निम्नमाध्यमिक विद्यालयकी प्रधानाध्यापक विष्णुकुमारी राउत, विनिता सर्मा , मानवहादुर साँवा लगायतले शैक्षिक सामाग्री प्रदान पछि सो समुदायका विद्यार्थीमा हौसला वढेको वताएका थिए ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...