युवराज बराल, मलेसिया । डिसेम्बर २७
श्री कृष्ण लुइटेल मलक्कामा संकलित रकम एनआरएन मलेसियाका आइसीसी मेम्बर भीम सेरचनलाई हस्तान्तरण गर्दै । |
गायकबाट नायक बनेका श्री कृष्ण लुइटेल (बोके दाह्री) यतिखेर मलेसियाका विभिन्न क्षेत्रमा भाग दौड गरिरहेका छन् । सन् २००३ मा लागुऔषधको अभियोगमा मृत्युदण्ड पाएका हरी बहादुर घलेको रिहाइका लागि मलेसियाका विभिन्न क्षेत्रमा भागदौड गरेका हुन् । बोकेदाह्रीको पटकथा संवाद, एवम् नायककोरुपमा भूमिका समेत आफै निभाएका लुइटेलको पहिलो फिल्म बस नम्वर १३६ को प्रर्दशन मार्फत संकलन भएको रकम घलेको रिहाइका लागि खर्ची रहेका छन् । घलेलाई मृत्युदण्डको साटो आजिवन कैद र नेपालकै जेलमा सार्नका लागि मलेसियन २० हजार रिंगेट लाग्ने भएकाले मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ । लुइटेल अहिले तिनै घलेको रिहाइका लागि फिल्म प्रदर्शन मार्फत आर्थिक संकलन अभियानमा लागि परेका छन् ।
क्वालालम्पुरमा रहेको नमस्ते नेपाल युवा समुहको सक्रियतामा मलेसियाका करीव ८ वटा स्थानमा उक्त फिल्म प्रर्दशन भइसकेको दिनेश कार्कीले जनाएका छन् ।
मलेसियाको दोश्रो ठुलो शहर पेनाङ्गमा रहेको वातुमाउ भन्ने स्थानमा उनको मंसीर २६ गते पहिलो प्रर्दशन भएको थियोे भने मलक्का, जोहोरबारु, क्वालालम्पुर लगायत गरी ८ वटा भन्दा बढी स्थानमा फिल्म प्रदशन भइसकेको छ । मलेसियामा उनले आफनो फिल्म संगै आफुले गायका विभिन्न गीतहरु समेत प्रर्दशन गरिरहेका छन ।
संझना फिल्मको व्यानरमा भुपेन्द्र लीङ्गदेन मन्त्रीको प्रस्तुती रहेको सो चलचित्रमा वोके दारीको साथमा मेलीना मानन्धर, मुकुन्द श्रेष्ठ, राजाराम पौडेल,रवि क्षेत्रि, विपिन प्रसाई, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
बैदेशिक रोजगारीमा गई मृत्युदण्ड पाएका नेपालीको सहयोग गर्ने पहिलो कलाकार श्री कृष्ण लुइटेल –बोके दारी) हुन् । लुइटेलले अहिलेसम्म ३० हजार रुपैयाँ भन्दा बढी आर्थिक संकलन फिल्म प्रर्दशनको क्रममा गरिसकेका छन् ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...