अभिनेत्री निरुता सिँह यतिबेला 'ट्रीपल अकेजन' मनाउने मुडमा छिन् । जसका लागि उनी चल्दै गरेको प्रोजेक्ट 'फर्कि आऊ'को सुटिङ स्थगित गरेर भारतको सिलुगढी उडिन् ।
क्रीसमस पर्वसँगै उनले आमा दुर्गा र ठूलीदिदी संगीताको बर्थडे पनि सेलिव्रेट गर्नेछिन् । 'क्रीसमस र मम्मीको बर्थडे पनि सँगै मनाउने' त्यतातिर उड्नुअघि निरुताले मेरोसिनेमा भनिन् 'पारिवारिक जमघटमै क्रीसमस सेलिव्रेट गर्ने र तीनदिनपछि फर्कने ।'
बस्ने दार्जिलिङ भएपनि अहिले सिलुगढीमा रहेकी उनकी आमा दुर्गाले ५८ औं जन्मदिन मनाउँदै छिन् भने उनकी ठूलीदिदी संगीता चाहिँ ३९ । बर्थडे र क्रीसमस अफरका लागि निरुताले काठमाडौंमै प्रशस्त सपिङ पनि गरिन् । 'कस्तो संयोग क्रीसमस र मम्मीको बर्थडे एकैपटक मनाउन पाइने भएँ' निरुता भन्छिन् 'क्रीसमसमा हामी क्याम्फफायर बाल्छौं सान्टाक्लुज बन्छौं र मेरी क्रीसमस गाउँछौं ।'
ओम प्रतीकको निर्देशनमा सुटिङ भैरहेको चलचित्र 'फर्कि आऊ'मा निरुता लिड रोलमा छिन् । सुटिङ युनिट पोखरा गएपनि निरुता भने समय ब्यवस्थापन गरेर घरतिर लागेकी हुन् । 'द गेम' स्टार यतिबेला क्रीसमसको फेस्टिभ मुडमा छिन् । निरुतालाई मेरी क्रीसमस !
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...