काँकडभिट्टा – विदेश वसेर फर्किएका मेचीनगर १० का पेम्वा तामाङले अव विदेश नफर्कने सोच बनाए । स्वदेशमै आफ्नै लगानीमा एउटा ट्राभल्स व्यवसाय शुरु उनले विदेश नजाने सोचको विकास गरेका हुन् । ९ महिनाअघि ट्राभल्स व्यवसाय शुरु गरेका उनी अहिले स्वदेशमै मनग्ये आम्दानी गर्छन् । पेम्वा भन्छन्,‘अव मैले विदेश जानु पर्ने अवस्था छैन ।’
पेम्वामात्रै होइन विदेशबाट फर्किएर यहा“का केही युवा पर्यटन व्यवसायतिर आकर्षित भएका छन् । काँकडभिट्टाका निरवहादुर कार्की (नेत्र) र शंकर भट्टराईले विदेश छाडेर पर्यटन व्यवसाय अंगाल्न पुगेका हुन् ।
पेम्वाले खाडी मुलुक दुवईमा करिव ५ वर्ष सेल्स व्वाय भएर विताएका थिए । त्यहाँ रहदा उनले धेरै हेपिएर वस्नु परेको थियो । ‘नेपालीलाई त मान्छे नै गन्दैनन विदेशमा’, पेम्वाले भने,‘त्यसैले अर्काको देशमा धेरै हेपिएर वस्नु हुदैन भनेर फर्किएँ र व्यवसाय थाले ।’
करिव ३ लाखको लगानीबाट शुरु उनको रेन्जिङ टुर्स एण्ड ट्राभल्स अहिले मज्जाले चलेको छ । सरकारले सन् २०११ लाई पर्यटन वर्षको रुपमा घोषणा गरेछ । त्यसकारण पनि उनको व्यवसायले फस्टाउने मौका पाएको देखिन्छ । ‘कोठा भाडा तिर्न र खान पुगेको छ’, उनी भन्छन् । विदेशमा कमाउने जति रुपैया उनी आफ्नै देशमा कमाउछन् । पेम्वा थप्छन्,‘खर्च कटाएर मासिक ५०÷६० हजार पुग्छ ।’
पेम्वाले जस्तै ५ वर्षसम्म खाडी मुलुक बहराइनमा विताएका मेचीनगर १० का शंकर भट्टराई पनि पर्यटन व्यवसायमा मज्जाले जमेर वसेका छन् । करिव एक वर्ष अघि नेपाल फर्किएका उनी अव विदेश नजाने अठोटमा छन् । भन्छन्,‘दुःख पाए पनि आफ्नै देशमा व्यवसाय गरेर वस्ने ।’ आसन्न पर्यटन वर्षलाई लक्ष्ँित गरेर उनले एभरेष्ट तेन्जिङ ट्राभल्स संचालन गरेका छन् । विदेशबाट कमाएर ल्याएको केही रकम उनले ट्राभल्समा लगानी गरेका छन् । झापा जिल्ला ट्राभल्स एजेण्ट संघका महासचिव समेत रहेका भट्टराई यही व्यवसायलाई निरन्तरता दिने सोचमा छन् । पर्यटन वर्षका लागि पुर्वी नाकाबाट सक्दो पर्यटक नेपाल भित्र्याउने उनको लक्ष्य छ ।
उनी जिल्लाका केही पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा पनि जुटेका छन् । जिल्लामा पर्याप्य पर्यटकीय गन्तव्यहरु रहदा रहदै पनि यसको प्रवद्र्धनमा सरकारले त्यति चासो नदेखाएको उनको गुनासो छ । भट्टराई भन्छन्,‘ती गन्तव्यलाई व्यवस्थित तवरले अगाडी ल्याउन सके मुलुकलाई धेरै फाइदा हुने थियो ।’
१ वर्ष अघि जापान गएका का“कडभिट्टाका नीरवहादुर कार्की २६ दिन मात्रै वसेर फर्किहाले । उतै काम गरेर वस्ने र टन्न पैसा कमाउने मिठो सपना कसलाई नहोला तर उनले त्यो चाहेनन । उनी भन्छन्,‘अर्काको देशमा गुलामी गर्नु भन्दा आफ्नै देशमा हलो जोतेर वस्छु भनेर फर्किए“ ।’
पहिलै देखि पर्यटन व्यवसायमा सक्रिय कार्की विदेशबाट फर्किएर अझ सक्रियताका साथ आफ्नो व्यवसायमा लागि परेका छन् । ओम आषिश ट्राभल्स उनको जिल्लाकै पुरानो ट्राभल्स हो । अव विदेश जाने सोच नरहेको बताउने कार्की झापा जिल्ला ट्राभल्स एजेण्ट संघका अध्यक्ष्ँ पनि हुन् । उनले विदेशबाट आएपछि आफ्नो व्यवसायिक हकहितका खातिर संगठन पनि दर्ता गराए । पर्यटन वर्ष सन् २०११ लाई सफल पार्न आफु लागि पर्ने कार्कीले कान्तिपुरलाई जानकारी दिए । उनले जिल्लाका पर्यटकीय सम्भावनाका क्ष्ँेत्रलाई विकाश गर्न सवै व्यवसायी एकजुट हुनु पर्ने बताए । सडक जाम, वन्द हड्ताललगायतका समस्याले पर्यटन व्यवसाय धरासायी वन्दै गएकोप्रति कार्कीले चिन्ता व्यक्त गर्दै भने,‘पर्यटन वर्ष सफल पार्न वन्द हड्ताल मुक्त देश घोषणा गरिनु पर्छ ।’
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...