झापा ५ पुष/ लगातार उच्च बजार भाउ पाइरहेको अलैंची सोमबार प्रतिमन सत्तरी हजार रुपैयाँमा विक्री भएको छ । यो इतिहासकै उच्च मूल्य हो ।
नेपाल अलैंची व्यवसायी संघका अनुसार सोमबार विर्तामोडमा सत्तरी हजार रुपैयाँ प्रतिमनका दरले अलैंची किनबेच भएको हो । पुच्छर नभएको, ठूलो दाना र सुख्खा अलैंची उच्च मूल्यमा विक्री भएको हो । मेची अञ्चलमा अलैंचीको व्यवसायीक कारोवार शुरु भएको साढे चार दशक नाघेको छ । गतवर्ष प्रतिमन ६० हजार रुपैयाँमा विक्री भएको अलैंचीले त्यसबेला रेकर्ड कायम गरेको थियो । तर यो मुल्यले इतिहासमै रेकर्ड बनाउन सफल भएको छ ।
पहाडी भूभागका किसानको आय अर्जानको मुख्य माध्यमको रुपमा रहेको अलैंचीलाई ‘खोल्साको सुन’ भनेर पनि चिनिने गर्दछ । यसले सुनलाई पनि विक्री मूल्यको इकाईको उछिनेको छ ।
इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम र सोलुखुम्बु नेपालका अलैंची उत्पादन हुने प्रमुख जिल्लाहरु हुन् । नेपालमा उत्पादित अलैंची भारत, पाकिस्तान र खाडी मुलुकहरुमा खपत हुँदै आएको छ । त्यसमा पनि भारत मुख्य बजार भएकाले त्यहाँको अस्थिर बजार प्रणालीले यहााँको बजार मूल्यलाई प्रभावित पार्दछ ।
सम्भावना बढ्दै
वि.सं. २०१८ देखि २० सालबाट मेची अञ्चलको पहाडी जिल्लाका स्थानीयवासीले सिक्किमबाट विरुवा ल्याई रोपेको अलैंचीले अहिले भव्य व्यवसायीक रुप लिइसकेको छ । अलैंची खेतिको विकास र प्रवद्धनका लागि राज्यले कुनै सहयोग नगरेको गुनासो किसानको छ । यद्यपी एकल प्रयासमै भए पनि खेतीको सम्भावना जोगाउँदै लागिपरेको किसानले अहिले अलैंचीलाई विदेशी मुद्रा आर्जन गर्ने मुख्य माध्यम बनाइछाडेका छन् ।
आर्थिक वर्ष | निर्यात अलैचीको परिमाण केजीमा |
2064/065 | 87,33,904 |
2065/066 | 98,87,445 |
2066/067 | 54,64,183 |
अब भने पहाडतिर पो सर्नु पर्ला जस्तो छ, अलैंची खेति गर्दै बस्नलाइ ! कम से कम विदेशमा तातो घाममा गरेको दुख भन्दा त कम दुख मा नै राम्रो आय-आर्जन गर्न सकिन्छ |
ReplyDelete