सामन्यता एउटा बच्चा जन्मेको कति वर्ष सम्म बामे सरेर हिड्ने गर्छ ? एक वर्ष, डेढ वर्ष वा दुई वर्ष ? तर जन्मेको सोह्र वर्षसम्म पनि वामे नै सरेर हिड्छन भन्दा तपाईलाई विश्वास नलाग्न सक्ला । यस्तै भएको छ पाँचथर जिल्लाको फलैँचा गाविस गँगाबा निवासी १६ वर्षिय जुनु बेघालाई । जन्मदै दुबै खुट्टा नभएकी जुनु राई अहिले सम्म दुई वटा हातको साहारामा बामे सरेर नै हिनडुल गर्दै आएकी छिन । वि.स.२०५१ सालमा बुबा वम बहादुर बेघा र आमा सुकमाया बेघाको कोखबाट उनको जन्म भएको थियो । उनका वुवा बम वा बेघा भन्नुहुन्छ “ जन्मदै घुँडा देखि माथिको भाग मात्र थियो तर एक भित्तापनि थिएन पछि थोरै मात्रमा बड्यो तैपनि खुट्टाको आकार भने बन्न सकेन’’।
सुन्दै अचम्म लाग्छ उनका लागी न त कुनै ह्वीलचेयर छ न त हिड्नको लागी कुनै सेवा सुविधा नैे तर पनि उनलाई एक घण्टा लामो समय लाग्ने ्विद्यालय पुग्न कसैले बोकेर लैजानु पर्दैन । पाहाडको त्यस्तो बाटोमा पनि आफै हिडेर पुग्ने गरेकी छिन । श्री सुर्य प्रताभ प्राथामिक विद्यालय कक्षा ५ मा अध्ययानरत उनी कक्षामा सधैँ दोस्रो हुने गरेकी छिन । थोरै बोल्ने तर मिठो बोल्ने बानी भएकी जुनु भविश्यमा गएर डाक्टर बन्ने उद्देश्य राखेकी छिन । उनि भन्छिन “ म आफु अपाङ्ग भएर बाच्नुको पिडा मलाई मात्र थाहा छ र यस्तो पिँडा अबका अपाङ्कहरुले भोग्नु नपरोस । यस कारण जस्तै दु ख गरेर ्भए पनि भविश्यमा डाक्टर बन्ने योजना राखेको छु । पाँचथर जिल्ला बाट वि.स. २०५९ सालमा अपाङ्गको सदस्यता लिएकी उनले अहिले सम्म सम्बन्धित निकाएबाट कुनै सेवा सुविधा नपाएको गुनासो गरिन तर बाटो हिड्ने मानिसहरुले मेरो अवश्था देखेर १०,२० रुपयाँ दिन्छन र राम्रो पढेर ठुलो मान्छे बन्नु है नानी भन्ने गरेको बताउँछिन । पाँचथर सदरमुकामबाट दुई दिनको पैदल यात्रामा पुगिने यस ठाउँमा विकट भएकै कारणले पनि आफुले पाउने सुविधा नपाएको र पछि परेको स्वीकारछिन । आफु पढ्दै गरकोे विद्यालयबाट मात्र छात्रावृति पाउँदैँ आएकी जुनु भन्छिन “ सरकारले हामी अपाङ्गहरुलाई भनेर सेवा सुविधा छुट्याएको हुन्छ भन्ने चाहिँ रेडियोमा सुन्दै आएको छु तर के कति छ त्यो थाहा छैन । यदि कसैको सहयोग पाएमा मेरो सपना पुरा हुने थियो तर यो विकट गाउँमा मेरो कुरा कसले सुन्देला र ? अत्यन्तै मिठो स्वरमा गीत समेत गाउन अब्बल रहेकी उनी संगीतलाई जीवनको एउटा पाटो ठान्छिन । च्याँङ्गथापु , फलैँचा, थर्पु लगाएतका ठाउँहरुमा गएर उनले गीत गाइसकेकी छिन ।
घरको सामान्य काम बाहेक अन्य काम गर्न समेत गाह्रो हुने उनलाई विद्यालय जादाँ किताब पनि अन्य साथीले नै बोकिदिनु पर्छ । हिउँदमा त जसोतसो गरेर विद्यालय जान्छिन तर बर्खाको समयमा जोखिमपुर्ण रुपमा जाने गरेकी भु.पु. सैनिक समेत रहेका उनका ठुलो बुबा रन बा. बेघा बताउनु हुन्छ । विद्यालय निरन्तर जान नसके पनि विद्यालय गएका बेलामा पढाईमा ध्यान दिएर पढ्ने र विद्यालयमा अनुसाशीत विद्यार्थी रहेकी विद्यालयकी प्रधानध्यापक कमला बेघा बताउनुहुन्छ ।
विकट गाउँमा रहेर पनि संर्घषपुर्ण रुपमा अध्ययनलाई निरन्तरता दिइरहेकी जुनुको कक्षा ६ भन्दा माथी अध्ययन गर्नलाई अन्यन्त्रै जानुपर्ने बाध्यता रहेको छ किनकी उनले पढ्ने गरेको विद्यालय प्रावि मात्र हो । पढ्ने रहर हुदाँहुदै पनि असुविधाका कारण पढाइलाइ निरन्तरता दिन नसकिएला भन्ने अर्को ठुलो चिन्ता हुन थालेको छ उनको पढ््ने रहर र डाक्टर बन्ने सपना साकार पार्नको लागी जुनुलाई अहिले हामी सबैको सहयोगको खाँचो छ । यदि यस्ता अपाङ्गहरुलाई सरकारले पनि विशेष प्राथमिकताका साथ सेवा सुविधा दिने हो र शिक्षाको अवसरबाट वन्चित नगराउने हो भने पक्कै पनि देश विकासका लागी उनीहरुको भुमिका महत्वपुर्ण हुने करामा दुईमत छैन ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...