हिमाल खरेल
कथावस्तु मौलिक नभए पनि प्रविधिका हिसाबले अब्बल प्रदर्शन भइरहेको ‘बाटोमुनिको फूल’ शुक्रबारदेखि पूर्वाञ्चलका दर्शकको मन जित्ने कोसिसमा छ । पुराना अनुहार हेरेर वाक्क भएका दर्शकका लागि गायकहरु नायकको भूमिकामा देखिँदा स्वर मनपराउनेहरु हलमा पुगेको प्रतिक्रिया दिन्छन् । ‘गोर्खा पल्टन’मा पनि फिल्मभन्दा प्रशान्त तामाङलाई हेर्न धेरै दर्शकले टिकट काटेका थिए । ‘बाटोमुनिको फूल’मा कुनै बेला ‘मैले छोएको पानी चल्दैन’ भन्ने गीत गाएर ओरालो लागेको आधुनिक सङ्गीतमा उदाएका यशकुमार प्रमुख नायकका रुपमा छन् । एक्काइसौँ शताब्दीमा पनि जातीय विभेदको परिधिभन्दा माथि उठ्न नसकेको मानसिकताबाट
तयार भएको बाटोमुनिको फूलको कथावस्तु र फिल्म ‘दलित’ एनजीओको डकुमेन्ट्री जस्तो लाग्छ । पुरानै कथावस्तु छ फिल्ममा, अन्तरजातीय प्रेम र जातीय विभेदबाट उत्पन्न द्वन्द्व र तनाव । जातीय विभेदमा आधारित भएर बनाइएका यसअघिका अधिकांश फिल्म फ्लप भएकाले ‘बाटोमुनिको फूल’को बजार पनि खासै अपेक्षित नभएको फिल्मकर्मीहरुको अनुमान छ ।कथावस्तु मौलिक नभए पनि प्रविधिका हिसाबले अब्बल प्रदर्शन भइरहेको ‘बाटोमुनिको फूल’ शुक्रबारदेखि पूर्वाञ्चलका दर्शकको मन जित्ने कोसिसमा छ । पुराना अनुहार हेरेर वाक्क भएका दर्शकका लागि गायकहरु नायकको भूमिकामा देखिँदा स्वर मनपराउनेहरु हलमा पुगेको प्रतिक्रिया दिन्छन् । ‘गोर्खा पल्टन’मा पनि फिल्मभन्दा प्रशान्त तामाङलाई हेर्न धेरै दर्शकले टिकट काटेका थिए । ‘बाटोमुनिको फूल’मा कुनै बेला ‘मैले छोएको पानी चल्दैन’ भन्ने गीत गाएर ओरालो लागेको आधुनिक सङ्गीतमा उदाएका यशकुमार प्रमुख नायकका रुपमा छन् । एक्काइसौँ शताब्दीमा पनि जातीय विभेदको परिधिभन्दा माथि उठ्न नसकेको मानसिकताबाट
फिल्मको कथा सारमा यस्तो छ, सुरेश दमाई (यशकुमार) ले दलितको पक्ष र मुक्तिमा सञ्चालित एनजीओका सञ्चालक उपाध्यायकी छोरी गुराँस (रेखा थापा)सँग गरेको प्रेम प्रयास र पछि सुरेशकी हजुरआमाले नातिको प्रेमलाई सम्मान गर्दै छोरी माग्न जाँदा व्यहोर्नु परेको दुव्र्यवहारलाई दर्शकले मध्यान्तरपछि हेर्न सक्छन् । एकजना गाइनेले प्रहरीसमक्ष गरेको परिघटना व्याख्यामा सुरेश दमाईको विगत फिल्ममा उतारिएको छ । अधिकांश नेपाली फिल्मले प्रयोग गर्दै आएको ‘कथा टुल्स’लाई बाटोमुनिको फूलले पनि च्याप्प समातेर हुबहु देखाएको छ । त्यसकारण औसत सहरिया दर्शकलाई छायाङ्कन र सङ्गीतले केही हदसम्म फिल्मप्रति तान्न सक्छ । त्यसबाहेक कमसल फिल्मको दर्जामा यसलाई पनि दर्शकले पैसा असुल्न धैर्यसाथ हेर्न सक्छन् । यो फिल्ममार्फत् नेपाली फिल्म उद्योगले नयाँ कुरा केही पनि अपेक्षा गर्न सक्दैन । प्रत्येक सम्वादमा जबर्जस्ती घुसाइएको जातीय विभेदको प्रसङ्गले फिल्मलाई सिर्जनात्मक बनाउनै सकेको छैन । छुवाछूत र विभेदमा केन्द्रित सम्वादले दलित मुक्तिका लागि रटाइने अलोकप्रिय र सस्तो नारा जस्तो मात्रै लाग्छ ।
मोडल हुने तीव्र इच्छा बोकेकी कामीकी छोरी तुलसी (नन्दिता केसी) र सुरेश दमाईको भाइ कान्छा (बाबु बोगटी) बीचको प्रेम कहानी, प्रेमिका छुटाउन जाँदाको मृत्यु–दृश्य, भीमेले गरेको बलात्कार, यस्तै–यस्तै घटनामा फिल्म घुमिरहन्छ । औसत नेपाली फिल्ममा झैँ ‘बाटोमुनिको फूल’मा पनि रोनाधोना, वियोग, खुसी, फाइट हेर्न सकिन्छ । आफ्नो म्युजिक भिडियोमा अभिनय अनुभव बटुलिसकेकाले यशकुमार र बाबु बोगटीको ‘हिरो रोल’ कमजोर छैन । अन्य सस्तो र कमजोर फिल्ममा जस्तो यसमा पनि नायिकालाई बलात्कार गर्न र नायकसँग फाइट खेल्न खलनायकहरु अनावश्यक रुपमा उभ्याइएको छ । जत्रोसुकै ठूलो ग्याङ भए पनि र तरबार खाए पनि हिरोलाई केही नहुने र उसकै जीत हुने पुरानो फिल्मीशैली ‘बाटोमुनिको फूल’मा पनि अपनाइएको छ । हत्या अभियोगमा समातिएको सुरेश दमाइको कथालाई केन्द्रविन्दूमा राखेर निर्देशक तथा लेखक सुरज सुब्बा ‘नाल्बो’ले दर्शकलाई ‘असान्दर्भिक’ सन्देश दिन खोजेका छन् । उनको फिल्म मेकिङ भने मजबुत मान्नुपर्छ ।
जातीय विभेद हदसम्म पुग्यो भने त्यसले अपराध पनि निम्त्याउन सक्छ भन्ने फिल्मको मुख्य सन्देश हो । तर, चारवटा गीत, दुईवटा द्वन्द्वदृश्यबीच फिल्म परम्परागत लाग्छ । कमजोर पटकथाका कारण कलाकारको अभिनय अत्यन्त सुस्त र एकोहोरो देखिन्छ । यद्यपि, फिल्मले विभेदविरुद्धको सन्देश भने मजबुद ढङ्गले सम्पे्रषण गरेको छ । यति हुँदाहुँदै पनि समाजमा विभेदको उत्पत्ति कसरी भयो भन्नेतर्फ फिल्म फर्किएको छैन । नेपालका कतिपय ठाउँमा विद्यमान सामाजिक, सांस्कृतिक र आर्थिक भेदको जड फिल्मको प्रस्तुतिले पहिल्याउन सकेको छैन । उपाध्याय र दमाईका शिक्षित छोराछोरीबीचको तँतँ–ममको सम्बन्धले सामाजिक सङ्कुचन र साँघुरो सोचलाई च्यात्न नसक्नुले फिल्म दमदारको कोटीमा पर्नै सक्दैन । समग्रमा ‘बाटोमुनिको फूल’मा दर्शकलाई धेरै ठाउँमा अल्मल्याउने काम भएको छ । यसले नेपाली फिल्मको धार नै परिवर्तन गर्दै नयाँपन दिने ल्याकत राख्ने हिम्मत गर्न सक्दैन । फिल्ममा पछिल्लो प्रविधिको टु के क्यामराको प्रयोग भने आकर्षक लाग्छ । दृश्य मनमोहक छन् ।
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...