सुकुम्वासीका ७० टहरा भत्काइए

झापा , २८ मंसिर सुकुम्वासीका नाममा  झापा बिर्तामोडको सार्वजनिक जमिन हडपेर बनाइएका ७० घर र टहरा प्रहरीले २७ गते बिहान  भत्काइ दिएको छ ।
अनारमनी ६ मा बनाइएका टहरा शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बिहान ५ बजे देखि  भत्काएको हो । टहरा भत्काउन पटक पटक चतावनी दिदा समेत  नभत्काएकाले हस्तक्षेप गर्नु परेको प्रहरीले जनाएको छ । सुकुम्वासीका नाममा एक महिना अघि देखि सार्वजनिक सडक मिचेर टहरा बनाए पछि प्रशासनले हटाउने प्रयास गर्दै आएको थियो । 

टहरा बनाउनेहरुले ऐलानी जमिनमा बसोवास गरेको बताएकाछन् । उनिहरुले आफुहरु सुकुम्वासी भएको दावी गरेकाछन् । प्रहरीले टहरा भत्काउ“दा सुकुम्वासीका नाममा टहरा बनाउने समुहले कुनै प्रतिवाद गरेन । बिर्तामोडमा यस अघि पनि सुकुम्वासीका नाममा धरै स्थानमा सार्वजनिक जमिन अतिक्रमण हुदै आएको छ । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...