बुबाको बर्खान्तको लागि तिहारअघि झापास्थित घर आइपुगेका संगीतकार टीका भण्डारी बाह्य जमघटमा समेत व्यस्त भए । उनको व्यउस्तता सांगीतिक रमझममा मात्रै सिमित भएन । झनडै एक साता लामो घर बसाइमा जिल्लाका विभिन्न शैक्षिक संस्थालाई उल्लेख्य सहयोग समेत गरे ।
![]() |
| Singer:- Tika Bhandari |
आधा दर्जनभन्दा बढी सामुदायिक स्कुलको सहयोगार्थ सांगीतिक प्रस्तुत, अनाथ बालबालिकाले पढ्ने स्कुलका उत्कृष्ठलाई नगद पुरस्कार, आफैले पढेको स्कुललाई पुस्तक र दुई लाख रुपैंया सहयोगका घोषणा उनका कार्यसूचीमा परे ।
‘मसँग प्रशस्त पैसा भएर यसो गरेको होइन,’ मंगलबार मेचीनगस्थित कवि शिरोमणि उच्च माविलाई दुई लाख नगर दिने घोषणा गरेका भण्डारीले भने, ‘गरिब बालबालिकाको पढाइमा सहयोग गर्ने मनसायले यो सानो प्रयास गरेको हुँ यसमा मेरो परिवारको इच्छा पनि जोडिएको छ ।’
आफूले समेत अध्ययन गरेको कवि शिरोमणि उच्च माविमा ६ वर्षअघि आमाको स्मृतिमा पुस्तकालय स्थापना गरेका भण्डारीले यसपटक बुबाको सम्झनामा स्कुललाई रकम दिने भएका हुन् । एक वर्षअघि दुर्घटनामा उनका बुबाले स्कुल परिसरमै ज्यान गुमाएका थिए । भण्डारीले हरेक वर्ष छुट्टीमा घर आउँदा विद्यालयका लागि पुस्तक लिदएर आउने गरेको स्कुलका अध्यक्ष चनद्रमणि पौडेलले मेचीनगर अनलाईनलाई जानकारी दिए ।
संगीतसँगसँगै गायनमा पनि जमेका भण्डारीले स्कुल, सामाजिक संस्था तथा अनय सेवामूलक काम गरिरहेकाहरुका लागि बितेका पाँच दिन निःशुल्क प्रस्तुति पनि दिए । शनिश्चरे, शान्तिनगर तथा मेचीनगरका विभिन्न स्कुलमा उनी आफ्ना चर्चित गीत लिएर दर्शकमाझ पुगे ।
मेचीनगर–६ स्थित उनकै गाउँमा रहेको स्वबोध साधना केन्द्रका अनाथ बालबालिकासँग पनि उनले यसबीचको आफ्नो समय बिताए । त्यस क्रममा अनाथ बालबालिकाले पढ्ने केन्द्रबाट यस वर्षको एसएलसीमा उत्कृष्ट अंक ल्याउने छात्रा सुनिता किसानलाई एक हजार रुपैँया प्रदान गरे । ‘आगामी दस वर्षसम्म उत्कृष्टलाई हरेक वर्ष यसैगरी प्रोत्साहित गर्नेछु’, भण्डारीले घोषणा गरे ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दा बोर्ड फस्ट भएका भण्डारीले शिक्षामा सहयोग गर्न पाउँदा खुशी भएका भण्डारीले शिक्षामा सहयोग गर्न पाउँदा खुशी लाग्ने बताए ।
‘हामीले त जसोतसो पढ्यौं,’ आगामी ६ महिनाभित्र आफ्नै स्वर र संगीतमा नयाँ एल्बम ल्याउने तयारीमा जुटेका उनले भने, ‘तर, अक्षर चिन्ने अवसर नपाउनेहरु पनि धेरै छन्, हामी सक्नेहरुले स–सानो सहयोग गर्दा त्यसले उनीहरुलाई अवसर जुट्न सक्छ ।’

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...